बेलायत पुगे ज्ञानेन्द्र मल्ल

काठमाडौं । राष्ट्रिय क्रिकेट टीमबाट सन्न्यास घोषणा गरेका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल बेलायत पुगेका छन् ।

उनले शुक्रवार मात्रै सन्न्यासको घोषणा गरेका थिए ।

दोस्रो ब्रिटिश नेप्लिज प्रिमियर लिग क्रिकेट प्रतियोगिताका लागि उनी बेलायत गएका हुन् ।

अगष्ट ६ बाट हुने प्रतियोगितामा मल्ल विशेष अतिथिका रूपमा सहभागी हुँदैछन् ।

मल्लले यूकेमा रहेका नेपालीहरुबीच हातेमालो गर्दै क्रिकेटको लागि केही योगदान गर्न पाउनु खुसीको कुरा भएको बताए ।

लिगको मुख्य आयोजक केटिएम ट्राभल एन्ड टुर्स रहेको छ । यस प्रतियोगितामा खुकुरी क्रिकेट क्लब, एडिनबरा फाएरबल, लन्डन सुपर स्पोर्टस, नयाँ युवा क्रिकेट क्लब, गोर्खा क्रिकेट क्लब र मिडल्यान्ड वारियर्स गरी ६ टिमले प्रतिस्पर्धा गर्ने छन् ।

विजेता टिमलाई २५५० पाउण्ड र दोस्रो हुनेलाई १००० पाउन्ड नगद तथा ट्रफी दिने बताइएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।