रेशमलाई प्रचण्डको प्रस्ताव, ‘रञ्जितालाई विश्राम दिनुस्, तपाईँ छ महिने मन्त्री बन्नुस्’

काठमाडौं, २० साउन । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले आफूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रीको प्रस्ताव गरेको खुलासा गरेका छन् । हिजो (शुक्रबार) कैलालीमा पार्टीको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले आफू जेलबाट छुटेपछि प्रधानमन्त्री प्रचण्डले रञ्जितालाई विश्राम दिनुस्, तपाई छ महिने मन्त्री बनिदिनुस् भनेर प्रस्ताव गरेको खुलासा गरेका हुन् ।

‘म रिहाई भएको दिनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भन्नु भएको थियो, ‘रेशमजी एउटा अध्याय समाप्त भयो । रञ्जिताजीलाई विश्राम दिएर तपाई छ महिने मन्त्री बन्दिनुस् ।’ मैले रञ्जिताको दुःख देखेँ,’– उनले भने ।

प्रचण्डले मन्त्रीका लागि प्रस्ताव राख्दै गर्दा आफूले रञ्जिताले खाएर, नखाएर गाउँ–गाउँ बस्ती बस्तीमा गएर भोकभोकै भोट मागेको पीडा सम्झिएको उनले बताए । प्रधानमन्त्री प्रचण्डलाई ‘यसको असली हकदार रञ्जिताजी नै हुनुहुन्छ’ भनेर जवाफ दिएको पनि उनले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।