पाकिस्तानी पूर्व प्रधानमन्त्री इमरान खान गिरफ्तार

काठमाडौं । तोशाखाना मुद्दामा अदालतको फैसलापछि पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई लाहोरस्थित उनको निवासबाट पक्राउ गरिएको छ ।

इस्लामावादको जिल्ला तथा सत्र अदालतले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय र एक लाख रुपैयाँ जरिवाना तोकेको छ ।

इमरानको पार्टी तहरिक-ए-इन्साफले यो निर्णयलाई पक्षपाती भएको भन्दै सर्वोच्च अदालतमा चुनौती दिने बताएको छ ।

पार्टीका प्रवक्ताले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘इतिहासकै सबैभन्दा नराम्रो मुद्दामा एक पक्षपाती न्यायाधीशले न्यायको हत्या गर्ने प्रयास गरेको र मुद्दाको तथ्यलाई निश्चित एजेण्डाअन्तर्गत सार्वजनिक गरिएको हो ।’

पाकिस्तान निर्वाचन आयोगका वकिल अमजद परवेजले अदालतबाट सजाय पाएपछि इमरान खान पाँच वर्षका लागि चुनावमा भाग लिन अयोग्य ठहरिने बताएका छन् ।

शनिबार दिउँसो १२ बजे ब्रेकपछि तेस्रो पटक तोशखाना मुद्दाको सुनुवाइ सुरु हुँदा इमरान खानका वकिल हाजिर भएनन् । अदालतले उनका वकिललाई १२ बजेसम्म हाजिर हुन समय दिएको थियो, त्यसपछि अदालतले आफ्नो फैसला सुनाएको हो ।

तोशखाना सरकारी विभाग हो। यहाँ प्रधानमन्त्री, राष्ट्रपति वा अन्य वरिष्ठ अधिकारीहरूले भ्रमणका क्रममा प्राप्त गरेका बहुमूल्य उपहारहरू राखिन्छन्।

कुनै पनि विदेश यात्राको समयमा परराष्ट्र मन्त्रालयका अधिकारीहरूले पाएका उपहारहरूको अभिलेख राख्छन् र स्वदेश फर्कने वित्तिकै तोषाखानामा जम्मा हुन्छन्।

इमरान खानले सत्तामा रहँदा आफूले पाएका उपहारहरूबारे अधिकारीहरूलाई सही जानकारी नदिएको आरोप लगाइएको थियो।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।