माधव नेपाललाई अर्को झट्का ! जिल्ला इन्चार्ज सहित सय बढी एमाले प्रबेश

चौतारा । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक जिल्ला इन्चार्ज सुवास कर्माचार्य एक सयभन्दा जिल्ला तथा पालिकास्तरीय नेता कार्यकर्तासहित एमालेमा फर्किएका छन् ।

शनिवार चौतारामा आयोजित भेलामा कर्माचार्यलाई एमाले महासचिव शंकर पोखरेल, सल्लाहकार परिषद् सभापति अमृत बोहरा, अनुशासन आयोगका अध्यक्ष केशव बडाल, बागमती प्रदेश इन्चार्ज गुरु बराल, जिल्ला इन्चार्ज गोकुल बास्कोटा, नेता शेरबहादुर तामाङलगायतले पार्टीमा स्वगत गरे ।

सोही कार्यक्रममा नेकपा एसका केन्द्रीय परिषद् सदस्य उपेन्द्र तामाङ, प्रदेश कमिटी सदस्यहरू शिवराम भट्टराई, ईश्वरी श्रेष्ठ, धननाथ पराजुली, जिल्ला उपाध्यक्ष छिरिङ ग्याल्वो लामा, सचिव दीपक नेपाल, उपसचिव रविकुमार भण्डारीसहित एमालेमा प्रवेश गरेका हुन् ।

माधव नेपालले पार्टी विभाजनको औचित्य पुष्टि गर्न नसकेकाले आफू एमालेमै फर्किएको कर्माचार्यले बताए ।

ओलीले पार्टी पुनः एकताका लागि प्रचण्डलाई प्रधानमन्त्री र माधव नेपाललाई राष्ट्रपति अफर गर्दा पनि उनीहरू कांग्रेससँग लागेकाले कम्युनिस्ट आन्दोलन जोगाउन एमाले बलियो बनाउनुपर्ने निष्कर्षसहित ठूलो पंक्ति एमाले फर्किन लागेको उनले दाबी गरे ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।