नाउपा छाडेका सुरेन्द्रलाई रेशमको काउन्टर ‘मट्याङ्ग्राको गोलीले हात्ति मर्दैन’

काठमाडौं, २० साउन । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले पार्टी परित्याग गरेका नेता तथा कार्यकर्ताप्रति कडा टिप्पणी गरेका छन् । उनीहरु गत स्थानीय निर्वाचनमा पार्टीलाई हराउन काठमाडौंबाट पैसा लिएर कैलाली पुगेको रेशमको आरोप छ ।

‘साथीहरुको कर्तुतले रेशम चौधरीमाथि मट्याङ्ग्राको गोली लागेको जस्तो हुन्छ । मट्याङ्ग्राको गोलीले हात्ति मर्दैन साथी हो । तिम्रा मट्याङ्ग्राले मेरो केही हुनेवाला छैन । मेरोमात्रै होईन, यो नागरिक उन्मुक्ति पार्टी जनताको हो,’– भर्खरै नाउपा परित्याग गरेका नेता सुरेन्द्र चौधरीलाई लक्षित गर्दै उनले भने ।

सिंगो सरकारसँग ९÷९ वर्ष जुधेर नागरिक उन्मुक्ति पार्टीको जन्म गराएको उनले बताए । उनले पार्टी परित्याग गरेर नाउपाको विरुद्ध बोलिरहेका हरुलाई चुनौति दिएका छन् । आफू राज्य सत्ता र गोलीसँग नडराएको भन्दै उनले उनीहरुसँग पनि नडराउने बताए ।

‘कुकुरले भुकेपछि टोक्न सक्नुपर्छ । अन्यथा भुक्ने कुकुरको कुनै महत्व हुँदैन । साथी हो रेशम चौधरी क्रान्तिकारी नेता हो । क्रान्तिकारी बाटोमा हिँडेको मान्छे कसैसँग डराउँदैन । कसैसँग तर्सिँदैन । न म गोलीसँग डराएँ, न म सत्तासिन सरकारसँग डराएँ,’– रेशमले भने ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।