प्रचण्डलाई जनार्दनको प्रश्न : कुन अप्ठ्यारो मोडमा मेरो साथ पाउनुभएन ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले जुनसुकै संकटमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई साथ दिँदै आएको बताएका छन् । तर कहिलेकाहीँ आँखा जुधाएर कुरा गरेकै कारण नेतृत्वलाई असहयोग गर्‍यो भनेर प्रचार गर्ने गरिएको भन्दै असन्तुष्टि जनाए ।

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै शर्माले अध्यक्षले चाहेका बेला आफ्नो मतलाई समेत थाती राखेर काम गरेको बताए । पछिल्लो समय ‘स्वतन्त्र व्यक्ति राष्ट्रपति बनाउनु हुँदैन, पार्टीबाट बनाउनुपर्छ, सभामुख र राष्ट्रपति एउटै पार्टीको बनाए थप समस्या आउँछ भनेर बाहिर बोल’ भनेपछि आफ्नो मत थाती राखेर भएपनि पालना गरेको शर्माले सुनाए ।

‘कहिलेकाहीँ आँखा जुधाएर कुरा गर्न मन लाग्छ, गरिन्छ पनि । तर त्यसैलाई असहयोग गर्‍यो भनेर नेतृत्वको आडमा नानाथरी बिल्ला भिराएर प्रचारबाजी गरिन्छ’, उनले भने, ‘अध्यक्ष कमरेडले भन्नुपर्‍यो, कुन चाहिँ अप्ठ्यारो मोडमा तपाईंले मेरो साथ र समर्थन पाउनुभएन ?’

आफूलाई गुटको नेता मान भनेर कसैलाई नभनेको, तर विधि, विधान, पद्दति, प्रणाली मिचिएको कुरा भने उठाएको शर्माले बताए । उनले अगाडि भने, ‘चुप लागियो भने सुधार हुँदैन भन्ने मान्यताले कहिलेकाहीँ काम गर्‍यो होला ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।