रास्वपाले चितवनमा मोबाइल क्लिनिकका लागि प्रयोग गरेको एम्बुलेन्स किन गर्दैछ फिर्ता ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवनमा मोबाइल क्लिनिकका लागि प्रयोग गरेको एम्बुलेन्स पुरानो मेडिकल कलेज भरतपुरले फिर्ता लिने भएको छ ।

पुरानो भएर थन्किएको एम्बुलेन्स रास्वपालाई प्रयोग गर्न दिए पनि यसमाथि विभिन्न प्रश्न उठेकाले अस्पतालले फिर्ता मागेको हो ।

लामिछानेका प्रमुख कार्यकारी अधिकृत हेमन्त बरालले अस्पताललाई सो एम्बुलेन्स फिर्ता गरेर आजै अर्को एम्बुलेन्स भाडामा लिइ सेवालाई निरन्तरता दिइएको बताए ।

उनले भने, ‘पुरानो भएर नवीकरण समेत नगरी थन्काइएको एम्बुलेन्सलाई हामीले मोबाइल क्लिनिक सञ्चालन गर्न मागेका थियौँ । तर, जति पुरानो भए पनि एम्बुलेन्सलाई यसरी सञ्चालन गर्न नपाइने भनेर सरकारी निकायबाट पत्र आएको जानकारी अस्पतालले गराएको छ । त्यसैले आजै फिर्ता गर्दैछौं ।’

रास्वपाले सो एम्बुलेन्स नवीकरण गराएर निलो रंग लगाइ ‘मोबाइल क्लिनिक’ का रूपमा दौडाइरहेको थियो । लामिछानेले आफू निर्वाचित भएको १०० दिन पूरा भएको अवसरमा यो सेवा सुरु गरेका हुन् । तर, रंग परिवर्तन गरिएकोमा समेत प्रश्न उठेको थियो ।
बरालले पुरानै रंगमा अस्पताललाई फिर्ता दिइने बताए ।

‘हामीले निलो रंग हटाएर पुरानै रंगमा राख्न दिइसकेका छौँ,’ उनले भने ।मोबाइल सेवा भने एक दिन पनि अवरुद्ध हुन नदिएको उनको भनाइ छ । बरालका अनुसार ५ दिनका लागि भनेर एउटा एम्बुलेन्स भाडामा लिएर पठाइएको छ । यो एम्बुलेन्समा भने कुनै पनि छेडखानी गरिएको छैन ।

पार्टीले दीर्घकालका लागि अर्को गाडी ल्याउने सोच बनाएकाले तत्कालका लागि यो व्यवस्था गरिएको उनले जानकारी दिए ।

एम्बुलेन्समा एकजना डाक्टर र एकजना नर्स रहन्छन् । रविको सचिवालयले दैनिक सेड्यूल बनाएर मोबाइल क्लिनिकलाई विभिन्न वडाहरूमा पठाउने गरेको छ । यसले ६५ वर्षमाथिका वृद्ध वृद्धालाई निशुल्क सेवा दिन्छ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।