गोकर्ण विष्ट – मुलुकलाई संकटमुक्त बनाउने अभियानको नेतृत्व एमालेले गर्छ

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचिव एवं पूर्वमन्त्री गोकर्ण विष्टले मुलुकलाई संकटबाट पार लगाउने कामको नेतृत्व आफ्नो पार्टीले गरिरहेको दावी गरेका छन् ।

नेकपा (एमाले) गण्डकी प्रदेश प्रचार तथा प्रकाशन विभागले पोखरामा आयोजना गरेको प्रचार कार्यशाला गोष्ठीमा बोल्दै उनले राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्दै मुलुकलाई संकटमुक्त बनाउने अभियानको नेतृत्व एमालेले गरिरहेको बताएका हुन् ।

उनले आर्थिक–सामाजिक रुपान्तरणमार्फत् मुलुकमा देखिएको संकट समाधान गर्ने अभियानमा आफूहरु जुटिरहेको समेत बताए । सचिव विष्टले मुलुकमा व्यापार घाटा चुलिँदै गईरहेको भन्दै यस्तो बेला तत्काल राष्ट्रिय पूँजीको निर्माण गर्ने कार्यमा जुटनुपर्ने आवश्यकता औँल्याए । उनले भने, ‘नेपाल राष्ट्रले आज जुन प्रकारका गम्भिर संकटहरु सामना गरिरहेको छ । यो संकटबाट राष्ट्रलाई माथि उठाउँदै आर्थिक–सामाजिक रुपान्तरणमार्फत् नेपाली जनताको जीवनलाई माथि उठाउने र राष्ट्रलाई सबल बनाउने यो कामको अगुवाई हाम्रो पार्टीले गरिरहेको छ । यहाँहरुलाई थाहा छ–हाम्रो देशमा उदार पूँजीवादमार्फत् नेपाली समाजलाई पूँजीवादतिर धकेल्ने अनेकन प्रयत्नहरु चलिरहेको छ । यसबाट जोगाउँदै राष्ट्रिय पूँजीको विकास गर्ने, राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्ने, उत्पादक शक्तिको विकास गर्ने, श्रम शक्तिलाई बलियो बनाउने, समाजवादको आधार तयार गर्दै आर्थिक–सामाजिक रुपान्तरणमार्फत् सामाजिक न्याय स्थापित गर्ने यो अभियानमा हाम्रो पार्टी अगाडि बढिरहेको छ ।’

सचिव विष्टले काम गर्ने युवा जनशक्ति श्रमको खोजीमा विदेशिन बाध्य हुने अवस्था आएको उल्लेख गर्दै त्यसलाई रोक्ने गरी एमालेले योजना तर्जुमा गरिरहेको बताए ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।