नेपाली गाडी प्रवेशमा भारतले लगाएको प्रतिबन्ध हट्यो

काठमाडौँ । दक्षिण सीमावर्ती क्षेत्रमा भारतले लगाएको नेपाली गाडीमाथिको प्रतिबन्ध हटेको छ । केही दिनयता विविध कारण देखाउँदै भारतले नेपालबाट रक्सौलसम्म जाने नेपाली नम्बर प्लेटका चार पाङ्ग्रे गाडीहरुलाई प्रवेश निषेध गरेको थियो ।

जानै पर्ने भएमा त्यस्तो गाडीले विशेष पास लिएर मात्र प्रवेश पाउने व्यवस्था सीमावर्ती भारतीय कस्टमले गरेको थियो ।

तर, पछिल्लो पटक भारतीय महावाणिज्य दूतावास तथा भारतीय कस्टमका प्रमुखसँग नेपाली पक्षको छलफलपछि नेपाली गाडीमाथिको प्रतिबन्ध खुलाउन भारत तयार भएको हो ।

योसँगै अब नेपालबाट भारतको रक्सौल तथा आसपासका क्षेत्रमा नेपाली गाडीहरु निर्बाध जान सक्नेछन् । तर, यसरी भारत जाने र नेपाल प्रवेश गर्ने सवारी साधनहरुले तोकिएको प्रक्रिया भने पु¥याउनुपर्ने वीरगंज भन्सार कार्यालय प्रमुख डिराम मन्थीले बताए ।

क्रसबोर्डर आऊ–जाऊ गर्ने सवारी साधनले तोकिएको पासमा १ हप्तासम्मका लागि विशेष पाउने गर्छन् भने थप समय लिनुपर्ने भएमा निश्चित रकम तिर्नुपर्ने हुन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।