हेर्नुस् त, लाजै नमानी हामीलाई १७ हजारे भन्छन् : प्रचण्ड

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्राप्त उपलब्धीलाई रक्षा गर्न नेता तथा कार्यकर्ताहरूको आत्मविश्वास हराउँदै गएको बताएका छन्।

काठमाडौंको कमलादीमा आइतबार केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरूको सवालमाथि जवाफ दिँदै अध्यक्ष प्रचण्डले पार्टी पार्टीजस्तो नभएको बताए।

उनले प्रतिक्रान्तितिरै फर्किने खतरा भएको पनि बताए।
अहिले पनि पार्टीमा शान्ति प्रक्रिमा आउनु सही हो कि गलत हो भनेर बहस भइरहेको र त्यो बहस निकै लामो समयसम्म चल्ने उनको भनाइ छ।
अहिले पनि माओवादीलाई विभिन्न बाहनामा होच्याउने काम भइरहेको उनले बताए।

‘तपाईंहरुले पनि कुरा राख्नुभयो, सोसियल मिडियामा भनिने हत्याराका कुरा मानौं ब्रह्मज्ञान उनीहरूलाई छ, सत्यको पक्षमा उनीहरु मात्रै छन्। हामी सबै अपराधी हौं जस्तो गरी बोल्छन्, यसको पछाडी कुन वर्ग छ त्यो पहिचान गर्नुपर्छ,’ प्रचण्डले भने, ‘हेर्नुस् त, एकथरी मान्छेहरूले लाजै नमानी १७ हजारे आतकंकारीको कुरा गरिरहेका छन्।’

उनले कसरी गणतन्त्र आएको हो भन्ने तथ्यलाई ती मान्छेहरूले ढाकछोप गरिहेको बताउँदै यस्तो बेला अन्यौलपूर्ण अवस्थामा नबस्न कार्यकर्तालाई निर्देशन दिए।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।