तीन महिने अभियानमा कांग्रेस, एमाले र राप्रपाका घरमा पनि जानुस् :प्रचण्ड

काठमाडौ । नेकपा माओवादी केन्द्रले आउँदो भदौ १६ गतेदेखि जनतासँग ‘माओवादी विशेष रुपान्तरण अभियान’ चलाउने भएको छ।

काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आइतबार केन्द्रीय कमिटी बैठकको समापन गर्दै अध्यक्ष प्रचण्डले पार्टीको विशेष अभियानबारे जानकारी घोषणा गरेका हुन्।

उनले भदौ १५ गतेसम्म तयारी गरेर १६ गते देशभर एकैसाथ यो अभियान चलाउन नेता, कार्यकर्तालाई निर्देशन दिएका छन्। उनले अभियानका लागि सबै वडामा एउटा घर पनि नछोडी जानका लागि केन्द्रीय सदस्यहरुसँग आग्रह गरे।

‘तीन महिनामा कुनै पनि घर छुट्न हुँदैन, तपाईंहरु राप्रपाको घरमा जानुस्, कांग्रेसको घरमा जानुस्, एमालेको घरमा जानुस्,’ अध्यक्ष प्रचण्डले भने, ‘हाम्रो पार्टी नै नभएको ठाउँ किन नहोस्, प्रत्येक घरमा जानुस्, गएकै हुुनुपर्छ। त्यसको रेकर्ड पार्टीले राख्छ।’

उनले ६ हजार ७ सय ४३ वटै वडामा कमिटी बनाउन र त्यसको नेतृत्व लिन केन्द्रीय सदस्यहरूलाई निर्देशन दिएका छन्। ‘यो तीन महिना एकताबद्ध भएर अभियान चलाएपछि नयाँ पार्टी बन्ने अवस्था देख्छु,’ उनले भने, ‘पार्टी बन्छ।’

गत साउन १७ गतेदेखि काठमाडौंमा सुरू माओवादीको केन्द्रीय कमिटी बैठक विशेष अभियान घोषणा र पदाधिकारीको जिम्मेवारी हेरफेर लगायतको निर्णय गर्दै आइतबार सकिएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।