नेताहरु एमालेतिरै फर्कने प्रवृति देखियो: झलनाथ खनाल

नेकपा एकीकृत समाजबादीका नेता झलनाथ खनालले कांग्रेस र माओवादीले धोका दिदा आफ्नो दलका नेताहरु पुनः एमालेतिरै फर्कने प्रवृति देखिएको आरोप लगाएका छन् । स्थायी कमिटी बैठकमा वर्तमान परिस्थितिमा पार्टीले ध्यान दिनुपर्ने विषयहरुका सम्वन्धमा लिखित प्रतिवेदन पेश गर्दै नेता खनालले पार्टी विद्रोह गर्दाको शक्ति अहिले पार्टीमा नरहेको त्यो अवस्था कांग्रेस र माओवादीले दिएको धोकाबाट सृजना भएको बताएका हुन ।एकीकृत समाजवादी पार्टीलाई मतदाता मात्र बनाउदा बन्दै गरेको क्रान्तिकारी छवि र साख नराम्ररी गिराइदिएको उनको भनाइ छ ।

पार्टी बरिष्ठ नेता खनालले पार्टी भित्र नेता कार्यकर्ताले दिशाहीनजस्तो महसुस गरिरहेको र उनीहरू पार्टीले सही नीति ल्याउँछ कि भनेर पर्खिरहेको पनि उल्लेख गरेका छन । तीन निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुँदा समेत पार्टीले आफ्ना उमेदवारसम्म उठाउन नसकेर निरीह देखिएको भन्दै यसलाई कमजोरीको रुपमा खनालले उल्लेख गरेका छन । उम्मेदवार पनि उठान नसकेर उनले आफ्नो दल कांग्रेस र माओवादीको पिछलग्गुजस्तो बनेको उनको भनाइ छ ।

एकीकृत समाजवादी र एमालेबीच सैद्धान्तिक र नीतिगत सवालमा भिन्नता देखाउन नसकिएको उनको भनाइ छ । सोही कारण ठूलो संख्यामा विद्रोह गरेर आएका नेता–कार्यकर्ताहरू वैचारिक–सैद्धान्तिक भिन्नता नदेखेर एमालेमा फर्किएको खनालको भनाइ छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।