अनुदान निकासा सम्बन्धी सञ्चार मन्त्रालय र राससबीच सम्झौता

काठमाडौँ, २१ (रासस) : सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र राष्ट्रिय समाचार समिति (रासस)बीच राससलाई प्रदान गरिने आर्थिक वर्ष २०८०÷८१ को अनुदानतर्फको रकम निकासा दिनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सञ्चार मन्त्रालयबाट राससलाई प्रदान गरिने अनुदानतर्फको रकम निकासाका लागि आज मन्त्रालयमा आयोजितक एक कार्यक्रमबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो ।

उक्त सम्झौतापत्रमा राससका कार्यकारी अध्यक्ष धमेन्द्र झा तथा मन्त्रालयका उपसचिव केशवराज सुवेदीले हस्ताक्षर गर्नुभयो । हस्ताक्षर कार्यक्रममा राससका महाप्रबन्धक सिद्धराज राई, प्रशासन प्रमुख शीतलप्रसाद महतो, लेखा प्रमुख रुद्रमणि अधिकारी र मन्त्रालयका शाखा अधिकृतहरु तीर्थराज चापागार्इँ, महेश सुवेदी, मधुसुदन पुडासैनी र कम्प्युटर अपरेटर उषा घिसिङ उपस्थित हुनुहुन्थ्यो ।

पोखरास्थित राससको स्वमित्वमा रहेको जग्गामा नयाँ भवन निर्माण, श्रव्यदृश्य सेवा सञ्चालन, विभिन्न स्थानमा भवन मर्मतसम्भारका लागि निकासा दिनेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । मन्त्रालयले राससलाई पोखरामा भवन निर्माणका लागि रु दुई करोड, श्रव्यदृश्य सेवा सञ्चालनका लागि रु एक करोड, सञ्चार उपकरण खरिदका लागि रु २० लाख र भवन मर्मतसम्भारका लागि रु १० लाख अनुदान रकम उपलब्ध गराउने सम्झौतामा उल्लेख छ ।

सो अवसरमा राससका कार्यकारी अध्यक्ष झाले आर्थिक वर्षका लक्षित कार्यक्रम समयै पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले राससको सेवालाई थप गुणस्तरीय र प्रतिस्पर्धी बनाउन उपलब्ध स्रोत साधन तथा जनशक्तिको भरपुर उपयोग गर्दै सबै संयन्त्रको प्रभावकारी परिचालन गरेर परिणाममुखी बनाइने बताउनुभयो ।

मन्त्रालयका उपसचिव सुवेदीले निर्धारित लक्षित कार्यक्रम समयमै प्रतिफल दिनेगरी काम गर्नसकेको खण्डमा सकारात्मक नतिजा हासिल हुने विश्वास व्यक्त गर्नुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।