लेखनाथ दाहाल – माओवादीमा प्रचण्डको प्रतिस्पर्धी बन्न लायक कोही छैनन्

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लेखनाथ दाहालले अहिले माओवादीमा प्रचण्डको प्रतिस्पर्धी कोही नभएको बताएका छन् । केन्द्रीय समितिको बैठकस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अहिले अहिले पार्टीमा समानान्तर समिति नचाहिएको बताए ।

उनले भने, अहिले सर्वोच्च कमाण्ड अध्यक्ष प्रचण्ड हुनुहुन्छ। प्रतिस्पर्धी पनि छैनन् । प्रतिस्पर्धी बन्न लायक जुन दिन आउँछन् त्यो दिन प्रतिस्पर्धामा अब्बलता जो आउँछन् त्यही दिन हुन्छन् ।’

उनले संगठनात्मक क्षेत्रमा देखिएका समस्या, गुटगत मानसिकता र भ्रष्ट आचरणलाई नियन्त्रण गर्नेगरी कार्यविभाजन बदलिएको बताए ।

उनले भने, ‘अब कमजोरी सच्चाउँदै आत्मसमिक्षा गरेर अघि बढ्नुपर्छ भन्नेमा छौं । हिजोकै जनयुद्धकालीन समयमा झैं नयाँ संकल्पसहित माओ्वादीलाई पुनगर्ठन गर्ने, सरकारको भ्रष्टाचारविरोधी अभियानलाई साथ दिँदै अगाडि बढ्छ ।’

भ्रष्टाचारको विषयमा दोषी देखिए पार्टीभित्र र बाहिर कसैलाई नछाड्ने बताए। भ्रष्टाचार विरोधीहरुले नै सरकारको कदमलाई विषयान्तर गराउने प्रयास गरेको आरोप लगाए ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।