हाम्रा नेता/कार्यकर्ताहरु ‘बरु एमालेतिरै जाने’ भन्नथालेः झलनाथ खनाल

काठमाडौं,२१ साउन । नेकपा एमालेबाट दुई वर्षअघि विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी) पछिल्लो समय आन्तरिक किचलो र नेता कार्यकर्ताको पलायनले थिल्थिलो बनेको छ ।

आउँदो केन्द्रीय कमिटिको बैठकका बारेमा एजेण्डा तय गर्न शनिबारबाट नेकपा (एस) को स्थायी कमिटिको बैठक जारी छ ।

जारी बैठकमा सम्मानित नेता झलनाथ खनालले भने १६ पेज लामो लिखित दस्तावेज पेस गरेका छन् । ‘वर्तमान परिस्थिति र हामीले ध्यान दिनुपर्ने ज्वलन्त विषयहरू’शीर्षक राखेर पूर्व प्रधानमन्त्रीसमेत रहेका खनालले पार्टी नेतृत्वप्रति आक्रोश पोख्दै दस्तावेज पेस गरेका छन् ।

नेता खनालले नेपाली कांग्रेस र माओवादी दुवैले नेकपा (एस) लाई धोका दिएको टिप्पाणी गरेका छन् । कांग्रेस र माओवादीको कारण नेकपा (एस) को छवि नराम्रोसँग गिरेको उनको दाबी छ ।

‘नेपाली कांग्रेस र माओवादी दुवैले हाम्रो पार्टीलाई देशैभरि धोखा दिए । हाम्रो पार्टीलाई मतदाता मात्र बनाए । त्यसले हाम्रो पार्टीको बन्दै गरेको क्रान्तिकारी छवी र साख नराम्ररी गिराई दियो,’– उनले दस्तावेजमा भनेका छन् ।

चुनावको परिणामले नेता तथा कार्यकर्ताहरु देशव्यापी रुपमा निरास भएको उनको दाबी छ । ‘कार्यकर्ताहरु देशव्यापी रुपमा निरास भए । त्यसपछि “बरु एमाले तिरै जाने” भन्ने चिंतनको विकास हुन थाल्यो र पलायन बढदै गयो,’– उनले भनेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।