पुराना मुद्दा फर्छ्यौटमा प्राथमिकता दिन्छु : कामू प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौं । कामू प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पुराना मुद्दा फर्छ्यौटलाई प्राथमिकता दिने बताएका छन् ।

आइतबारदेखि कामू प्रधानन्यायाधीश बनेका उनले पुराना मुद्दा फर्छ्यौट र छिटोछरितो न्याय सम्पादनवारे सर्वोच्च अदालतका न्यायाधीशहरुसँग छलफल गरेका हुन् ।

उनले न्यायालयको सेवा थप प्रभावकारी बनाउन पनि कर्मचारीहरुलाई निर्देशन दिएका थिए । न्यायाधीशहरु र कर्मचारीको मनोवल बढाउन आफू प्रयत्नशील रहेको भन्दै उनले न्यायिक सुधारका लागि उच्च र जिल्ला अदालतका न्यायाधीशहरुसँग छलफल गर्ने बताए ।

उनले न्यायपालिकाको सेवा प्रवाहलाई चुस्त बनाउन र सेवाग्राही सहजताका साथ सेवा दिन पनि निर्देशन दिए । सर्वोच्च अदालतका मुख्यरजिष्ट्राय लालबहादुर कुँवरले उनलाई स्वागत गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।