उच्चस्तरीय छानबिन समितिको माग सुन तस्करलाई भगाउने र लुकाउने प्रपञ्च मात्रै हो : माओवादी नेता

काठमाडौं, २२ साउन । नेकपा (माओवादी केन्द्र) का नेता रामप्रसाद सापकोटा (दीपशिखा) ले केन्द्रीय समितिको पाँच दिने चौथो पूर्ण बैठकबाट पार्टी एकताबद्ध भएको बताएका छन् ।

‘हामी जनतासँग माओवादी, विशेष रुपान्तरण भन्ने तीन महिने अभियान लिएर जनतामा जान्छौं र नयाँ ढंगले पार्टी गठन गर्छौं । अब प्रचण्ड र नारायणकाजी श्रेष्ठ पनि सात सातवटा वडामा जानुहुन्छ । । बैठकले एकअर्काबीचको अविश्वास हटाएको छ र पार्टीलाई एकताबद्ध बनाएको छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।

ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईमाथि छानबिन हुने कुरा स्वागतयोग्य भएको पनि सापकोटाले बताए । साथै उनले भ्रष्टाचारीमाथिको कारबाहीमा सरकार झुक्न नहुने औंल्याए । लुम्बिनी क्षेत्रविकास कोषको उपाध्यक्षमा मनोनीत माओवादी केन्द्रीय सदस्य ल्यारकाल लामाका बारेमा आफूलाई थाहा नभएको उनले बताए ।

प्रमुख प्रतिपक्ष नेकपा एमाले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग राखेर सुन तस्करलाई भगाउने, दोषीलाई लुकाउने प्रपञ्चमा लागेको आरोप पनि सापकोटाले लगाए । उनले भने, ‘अहिलेसम्म कति छानबिन समिति बने, तिनले दोषीलाई भगाए, लुकाए । प्रतिवेदन उपर एउटा पनि कारबाही भएको छैन । राजस्व अनुसन्धान र सीआईबी छानबिन गरिरहेका बेला किन डाइभर्ट गर्ने ? छानबिन समितिले दोषीलाई समात्न सक्छ र ? समात्ने त प्रहरीले हो नि ?’ भ्रष्टाचारीलाई अन द पट कारबाही गर्नुपर्ने आफ्नो धारणा रहेको पनि उनले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।