उच्चस्तरीय छानबिन समिति गठनमा किन्तु परन्तु गर्ने कुरा छैन : सूर्य थापा

काठमाडौं, २२ साउन । नेकपा एमालेका नेता एवं सांसद सूर्य थापाले आज संसद् खुल्ने वा नखुल्ने सत्तापक्षको व्यवहारमा निर्भर हुने बताएका छन् ।

‘हाम्रो बटमलाइन स्पष्ट छ । सरकारले उच्चस्तरीय छानबिन समिति गठनको घोषणा गरे निर्धारित समयमै संसद्को बैठक बस्छ । प्रतिपक्षको मागलाई अनादर गर् यो भने किन्तु परन्तु गर्ने कुरै छैन । आज दिउँसो १ बजे संसद् खुल्ने वा नखुल्ने सत्तापक्षको व्यवहारमा निर्भर हुन्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।

नेता थापाले राजस्व अनुसन्धान विभागले अन्तर्राष्ट्रिय संगठित अपराध हो भनेर सीआईबीलाई कागजपत्र बुझाएपछि उच्चस्तरीय छानबिन समिति गठनको औचित्य झन् पुष्टि भएको दाबी समेत गरे । उनले भने, ‘जता सारे पनि त्यसले उचित छानबिन गर्न सक्दैन । यसमा नेपाल प्रहरी र भन्सारका अधिकारीको संलग्नता र भूमिकामा प्रश्न उठ्यो । डीआईजी र भन्सार प्रमुख एकै दिन किन बिदामा बसे ? गृहमन्त्री यसको जवाफ दिन किन उदासीन र बेखबर हुनुभयो ? त्यसैले उच्चस्तरीय छानबिन समिति नबनाएसम्म संसद् नियमित काममा प्रवेश गर्दैन ।’ सांसद थापाले सदनमा मुलुकका ज्वलन्त कुरा उठाउन एमालेले नरोकेको दाबी पनि गरे ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।