रोनाल्डोको गोलमा अल–नासर सेमिफाइनलमा

राबात । साउदी अरबको टोली अल–नासरले मोरोक्कोको राजा सीएलाई हराउँदै अरब क्लब च्याम्पियन्सीपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार प्रिन्स सुल्तान बिन अब्दुल अजिज रंगशालामा भएको खेलमा अल–नासर ३–१ गोलले विजयी भएको हो ।

खेलको १९ औँ मिनेटमा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले गोल गर्दै साउदी टोलीलाई अग्रता दिलाएका थिए । प्रतियोगिताका तीन खेलमा रोनाल्डोको यो दोस्रो गोल थियो ।

१० मिनेटपछि सुल्तान अल–घानामले टोलीको अग्रता दोब्बर बनाए । लगत्तै सेको फोफानाले टोलीलाई ३–० गोलले अग्रता दिलाए । पहिलो हाफको अन्त्यमा राजा सीएले आत्मघाती गोल उपहार पाए पनि खेलमा फर्कन भने सकेन ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।