विजय गच्छदारसहित ४ पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौं। वालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्व प्रधानमन्त्रीहरुलाई अनुसन्धान गर्न सर्वोच्च अदालतले बाटो खोले लगत्तै प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)ले पूर्वमन्त्रीहरुलाई पक्राउ पूर्जी जारी गरेको छ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य पूर्व उपप्रधानमन्त्री विजय गच्छदार विरुद्ध पक्राउ पुर्जीजारी भएको छ। काठमाडौं जिल्ला अदालतले आइतबार गच्छदार सहित चार जना पूर्वमन्त्रीविरुद्ध पुर्जी जारी गरेको सिआइबी स्रोतले जनाएको छ।

‘चार पूर्वमन्त्री र केही कर्मचारीलाई आइतबार नै पक्राउ अनुमति लिएको छ’, सिआइबी स्रोतले भन्यो। पूर्व मन्त्रीहरू डम्बरबहादुर श्रेष्ठ, चन्द्रदेव जोशी र सञ्जयकुमार शाह विरुद्ध पुर्जी जारी भएको छ।

त्यसैगरी पूर्व मूख्यसचिव लिलामणी पौडेल विरुद्ध पनि पक्राउ अनुमित जारी भएको स्रोतले जनाएको छ।ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्व मन्त्रीहरूले ‘सरकारी लिखत किर्ते’ गरेर व्यक्तिको नाममा लैजान भूमिका खेलेको आरोप लागेपछि सिआइबीले पक्राउ अनुमति लिएको हो। माधव नेपाल प्रधानमन्त्री हुँदा माधव घिमिरे मूख्यसचिव रहेको तर हाल उनको मृत्यु भैसकेको हकमा भने केही भएको छैन।

सर्वोच्च अदालतले आइतबार मात्रै पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई अनुसन्धान गर्न बाटो खुला गरेको थियो।

तर आज विहानै पूर्वप्रधानमन्त्री माधव नेपाल भने युरोप लागेका छन्। बेलायत, स्वीजरल्याण्ड, स्पेन, क्रोसियाको भ्रमणमा उता गएका हुन्। उनले आफूविरुद्ध अनुसन्धानको बाटो खुला भएको जानकारी पाइसकेका छन्।
सर्वोच्च अदालतले प्रत्यक्ष संलग्न हुनेहरुलार्य पिरामिड शैलीमा अनुसन्धान गर्न आदेश दिएको हो।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।