ग्लोबल टी-२० फाइनल : दीपेन्द्रको बाउन्ड्री रोक्न सन्दीपको शानदार फिल्डिङ

काठमाडौं । नेपालका दुई क्रिकेट स्टार सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरी हिजो ग्लोबल टी-२० को फाइनलमा आमनेसामने भए । उनीहरू फरक टीमबाट उपाधिका लागि भिडिरहेका थिए ।

प्रतियोगितामा सन्दीपको सर्रे जगुअर्स र दीपेन्द्रको मोन्ट्रियल टाइगर्सबीच यो दोस्रो प्रतिस्पर्धा थियो । समूह चरणको खेलमा जगुअर्सले टाइगर्सलाई हराएको थियो । उक्त म्याचमा दीपेन्द्र र सन्दीप दुवैले आआफ्नो टीमका लागि राम्रो प्रदर्शन गरेका थिए । संयोगवश दीपेन्द्रको विकेट सन्दीपकै पोल्टामा पर्‍यो ।

क्रिजमा २८ रन बनाएर खेलिरहेका दीपेन्द्र सन्दीपको बलमा एलबीडब्लु आउट हुँदा नेपाली समर्थकहरू खुशी हुने कि दुःखी हुने दोधारमा परेका थिए ।

हिजोको फाइनलमा पनि एउटा यस्तै क्षण आयो । रनरेट उकास्ने दबाबमा रहेका दीपेन्द्रले १७ ओभरको पहिलो बलमा कडा प्रहार गरे । उनले हावामा खेलेको बल बाउन्ड्रीको दिशामा हुईंकियो । निश्चित चौका हुने जस्तो देखिएको थियो ।

बाउन्ड्री रोक्न खटिएका थिए सन्दीप लामिछाने । उनले शानदार फिल्डिङ गर्दै बललाई बाउन्ड्री हुनबाट जोगाए । लामो डाइभ लगाएर सन्दीपले बल रोक्दा दीपेन्द्र क्रिजमा स्तब्ध देखिएका थिए । यदि यो बल चौका भएको भए दीपेन्द्रलाई ठूलो बुस्ट अप हुन सक्थ्यो । अर्कोतर्फ सन्दीपले बल नरोकेको भए उनको ‘कमिटमेन्ट’ कमजोर देखिन सक्थ्यो । जे होस, दीपेन्द्रले राम्रो सट हानेको र सन्दीपले उत्कृष्ट बचाउ गरेकोमा सन्तोष मान्नुपर्ने भएको छ ।

फाइनलमा म्याचमा सन्दीपको एक बल मात्र दीपेन्द्रले सामना गरे । खेलको १३ औं ओभरमा सन्दीप आफ्नो तेस्रो ओभर फ्याँक्न आउँदा क्रिजमा दीपेन्द्र र शेर्फन रदरफोर्ड थिए । सन्दीपको पहिलो बलमा दीपेन्द्रले एक रन लिए । त्यसपछि सबै पाँच बल रदरफोर्डले सामना गरे ।

आफ्नो टीमका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका सन्दीपले फाइनल म्याचमा भने विकेट लिन सकेनन् । उनको बलमा एउटा क्याच ड्रप भएको थियो । सन्दीपले ३ ओभर बलिङ गर्दै २० रन दिए ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।