नगर प्रमुख र गाउँपालिका अध्यक्षलाई यी युवाको खुला पत्र
धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका वडा नं ३ का एक युवाले नगर प्रमुख र गाउँपालिका अध्यक्षलाई खुला पत्र लेखेका छन् ।
पाख्रीवास ३ का राजेन्द्र बस्नेतले खुला पत्र लेखेका हुन् ।
बस्नेतले लेख्नुभएको खुला पत्र यस्तो छ :
श्री नगरप्रमुख ज्यू ,
तथा गाउँपालिका अध्यक्ष ज्यू,
धनकुटा नगरपालिका एवम् साँगुरीगढी गाउँपालिका धनकुटा
विषय:- खुला पत्र सम्बन्धमा ।
महोदय ,
धनकुटा मकालु र कञ्चनजङ्घा हिमाल पुग्ने गन्तव्य मार्गमा पर्ने सर्वविदितै छ । धनकुटाको पर्यटन विकासका लागि साँगुरीगढी र धनकुटा नगरपालिका स्थित तमोर नदी बग्ने चुलिवनमा विश्वकै सबैभन्दा अग्लो बञ्जी जम्प निर्माण गर्नको लागि पर्यटन मन्त्रालयसँग समन्वय गर्नुहुन विनम्र सुझाव गर्दछु ।
सुरुवात गर्नुस् स यहाँहरुको कार्यकाल इतिहासमा अविस्मरणीय बनोस् । हामीले शुभकामना दिने अवसर प्रदान गर्नुस् । यसबाट प्रत्यक्ष रूपमा बिहार , पश्चिम बङ्गाल , सिक्किम , भुटान , बङ्गलादेश, तिब्बतका बाह्य र नेपाल भरीका आन्तरिक पर्यटकको गन्तव्य स्थल धनकुटा बन्नेमा दुईमत छैन । प्रदेश राजधानी नबनेकोमा धेरै दु;ख मान्नुपर्ने ठाउँमा हामी छैनौँ भन्ने अवगत समेत गराउँदछु । धनकुटालाई दक्षिण एशिया कै उत्कृष्ट गन्तव्य स्थल बनाऔँ ।
राजेन्द्र बस्नेत
पाख्रीबास:- ३ धनकुटा
२२ साउन २०८०


