भ्रष्टाचारको कारण देश खोक्रो भैरहेको छ : एलिजा गौतम
काठमाडौं, २२ साउन । नायिका एवम् समाजसेवी एलिजा गौतमले देशमा अझैपनि सुत्केरीले उपचार नपाएर ज्यान गुमाउनुपरेको भन्दै सरकारप्रति आक्रोश पोखेकी छिन् ।
गौतमले सरकारले सुत्केरीको सामान्य उपचारको पनि बन्दोबस्त गर्न नसकेको भन्दै खोई संघीयताको आभास भन्दै प्रश्नसमेत गरेकी छिन् ।
सामाजिक सञ्जाल फेशबुकमार्फत उनले यस्तो आक्रोश पोखेकी हुन् । उनले देशका भिआईपी र भिभिआईपीहरुले भने सामान्य ज्वरो आउँदापनि राज्यकोषको दुरूपयोग गरेर विदेशका महँगा अस्पतालमा उपचार गरिरहेको तर सामान्य नागरिकले भने सामान्य उपचार नपाएर ज्यान गुमाउनु परेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरेकी छिन् ।


