रास्वपाकी सांसद तोषिमाले सोधिन् : सदन कसको हो ?

काठमाडौं, २२ श्रावण । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की सांसद तोषिमा कार्कीले सदन कसको हो भन्दै प्रश्न गरेकि छिन्।

सोमबार फेसबुकमा एक स्टाट्स लेख्दै सांसद कार्कीले सदन अवरोध गरेको रिसमा सदन कसको हो भनि प्रश्न गरेकि हुन्।

उनले लेखिकि छिन् :
सदन चल्छ भनि बोलाउने । अनि फेरी बन्द गर्ने।
एक दिन हैन, दुई दिन हैन । पटक पटक यस्तै।
सदन कसको हो ?
जनताको होईन ?
कसको लागी हो ?
जनताको लागि होईन ??
हामी प्रतिपक्षले सरकारलाई प्रश्न सोध्ने हो ।
अरे बाबा, प्रश्न सोध्नलाई सदन त चल्न दिनुपर्यो नि !

सदन बन्द गर्नु भनेको झन् सरकारलाई जे गर्दैछस् सब ठिक छ। प्रश्नै छैन । काण्डै काण्ड छन् तैँ चुप मै चुप। तँ जनता ठगिराख हामी साथ छौँ भने जस्तो भयो !! वास्तवमा प्रमुख प्रतिपक्षले जति सक्दो सदन चलाउनुपर्छ। बहस गर्नुपर्छ। सरकारलाई बिजनेस दिनुपर्छ।
तर यहाँ त,

जनताको मुद्दा उठाउने ठाउँ चल्नै नदिने ??
अनि मुद्दा काहाँ उठाउने ? छलफल कहाँ गर्ने ??
आज पनि १ बजे सुरु हुने भनिएको सदन अझै चल्ने छाँट काँट नै छैन। सरकारले सदन नै चलाउन नसक्नु कस्तो कमजोर सरकार हो !!
देशभरिको २७५ जना सांसदहरुको समय बर्बाद।
जनताको पैसो बर्बाद। काम छैन यस्तो नेतृत्व !!
सदन बन्द हुनुहुँदैन। जसरी पनि चलाउनुपर्छ।
अबको ४ वर्षमा २०८४मा यो प्रवृत्ति परिवर्तन हुनैपर्छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।