शिक्षा विधेयक हुबहु पारित भए माध्यमिक शिक्षा ध्वस्त हुन्छ : त्रिपाठी

काठमाडौं, २३ साउन । राजनीतिज्ञ एवं पूर्वमन्त्रीे हृदयेश त्रिपाठीले प्रस्तावित शिक्षा विधेयक हुबहु पारित भए मुलुकको माध्यमिक शिक्षामा भएको खर्बौं लगानी ध्वस्त हुने चेतावनी दिएका छन् ।

‘माध्यमिक शिक्षाको अधिकार पालिकालाई दिँदा व्यवस्थापन, शिक्षकको सरुवा, बढुवा, दण्ड र पुरस्कार दिने कुरामा राजनीतिक प्रतिशोधको वातावरण बन्छ र शिक्षाको गुणस्तर अझ कमजोर भएर जान्छ । निजी क्षेत्रको खर्बौं लगानीलाई ट्रस्टमा लैजाने कुराले शिक्षा क्षेत्रमा नकारात्मक प्रभाव पर्छ । अहिले स्थानीय सरकार कर्तव्यपरायण र सक्षम हुन सकेको छैन । उसलाई बेलगाम अधिकार दिँदा शिक्षा क्षेत्रमा अहिलेसम्मको लगानी र देशी विदेशी अनुदान ध्वस्त हुन पुग्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।

पूर्वमन्त्री त्रिपाठीले विद्यालय शिक्षा विधेयक फिर्ता लिएर यसको पूर्ण संशोधन वा परिमार्जन नगरी अघि बढाउन नहुने औंल्याए । उनले थपे, ‘सरकारले यसमा जुँगाको लडाइँ नगरीकन विधेयक फिर्ता लिनुपर्छ । मूल नै बिग्रियो भने प्रदेश र पालिकाका कानुन झन् बिग्रन्छन् । यसबारे मैले हिजो माननीय उपेन्द्र यादवसँग पनि कुरा गरेको थिएँ, उहाँले पनि त्रुटिहरु असंख्य छन्, नसच्चाए ध्वस्त हुन्छ भन्नुभएको छ । अशोक राईजस्तो पाको नेता शिक्षामन्त्री हुनुहुन्छ । उहाँले पनि त्यस्तो हुन दिन्नँ भन्नुभएको छ ।’

शिक्षा र स्वास्थ्य क्षेत्र सरकारको कर्मकाण्डमा परेको तर प्राथमिकतामा नपरेको उनले औंल्याए । त्रिपाठीले भने, ‘पालिकाका प्रमुखहरु एसएलसी वा सामान्य शिक्षा लिएका व्यक्ति छन् । शिक्षा र स्वास्थ्य उनीहरुको कर्मकाण्डमा पर् यो प्राथमिकतामा परेन । बजेट दिँदैमा सबथोक भइहाल्छ नि भन्ने छैन । आधारभूत शिक्षा बिग्रियो भने उच्चशिक्षा कसरी राम्रो हुन्छ र ?

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।