नेविसंघ केन्द्रीय तदर्थ समितिमा १० डाक्टर, २० इन्जिनियर

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघमा जम्बो केन्द्रीय समिति आएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार ७१० जनालाई नेविसंघ केन्द्रीय तदर्थ समिति सदस्यमा मनोनीत गरेका हुन् ।

२०७८ फागुन ९ मा दुजाङ शेर्पाको नेतृत्वमा गठित नेविसंघ केन्द्रीय तदर्थ समितिमा ७१० जना सदस्य मनोनीत गरेको हो । नेविसंघ ७११ सदस्यीय समितिमा १० जना डाक्टरले स्थान पाएका छन् ।

जसमा कैलाली निवासी डा नरेश भट्ट, ललितपुर निवासी डा सन्तोष उपाध्याय, सुनसरी निवासी डा सुप्रुद्यन यादव, धनुषा निवासी डा ज्योति साह रौतहट र निवासी डा रितेश चिमौरीया नेविसंघ केन्द्रीय सदस्य बनेका छन् ।

काभ्रे निवासी डा वीरेन्द्र तिमिल्सिना, स्याङ्जा निवासी डा सागर काफ्ले, बागलुङ निवासी डा सुलभ आचार्य र रुपन्देही निवासी डा गङ्गा चौधरी पनि नेविसंघ केन्द्रीय सदस्यमा मनोनीत भएका छन् ।

कैलालीका डा भट्ट काठमाडौँ विश्वविद्यालय मेडिकल साइन्सेसका नेविसंघ इकाई र स्ववियुका पूर्व अध्यक्ष हुन् । उनले चिकित्सा शिक्षा शास्त्र सङ्घर्ष समिति संयोजक तथा प्रवक्ताका रुपमा अतिरिक्त शुल्कविरुद्धको आन्दोलनको नेतृत्व गरेका थिए । अन्य केन्द्रीय सदस्य पनि मेडिकल क्षेत्रबाटै केन्द्रीय सदस्यमा आएको बुझिएको छ ।

यता २० जना इन्जिनियर पनि नेविसंघको तदर्थ समितिमा समेटिएका छन् । जसमा मोरङका अभिषेक भट्टराई, सप्तरीका शैलेष मिश्र उदयपुरका सुनिल साह दोलखाका आकाश आचार्य, रामेछापाका नारायण घिमिरे, धादिङका अशोक धमला र नुवाकोटका दिपेन घले रहेका छन् ।

यस्तै काठमाडौँ निवासी अधिषेक आत्रे, सुवास फुयाँल, अनिल वोलखे, प्रतिक महत, चितवनका किशोर गुरुङ, काभ्रेका गणेश रिजाल, स्याङ्जाका सुदर्शन शर्मा, सागर गुरुङ र सुवास पौडेल पनि नेविसंघ केन्द्रीय सदस्य बनेका छन् ।

केन्द्रीय सदस्य बन्ने इन्जिनियरहरूमा पाल्पाका विजयी अर्याल, पर्वतका शिव भट्टराई, प्युठानका कुमार आचार्य, डडेलधुराका भुवन भट्ट रहेका छन् । अष्ट्रलियाबाट अध्यायन गरेर फर्किएका बदिर्याका सुनिल विष्टदेखि २२ वर्षीय आशिष देवकोटासम्म केन्द्रीय सदस्य चयन भएका छन् । पूर्व केन्द्रीय सदस्य प्रमिका राना मगर, गीता गुरुङ, मनिसजंग थापा लगायत पनि तदर्थ समितिमा आएका छन् । नेविसंको जम्बो समितिमा ७७ जिल्लाबाट प्रतिनिधित्व भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।