सुन तस्करी प्रकरण : गृहमन्त्रीलाई संसदमा बोल्न दिन एमाले तयार

२३ साउन, काठमाडौं । सुन तस्करीबारे छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएको प्रमुख प्रतिपक्षी नेकपा एमाले गृहमन्त्रीको जवाफ सुन्न तयार भएको छ ।

संसदको अवरोध हटाउनेबारे मंगलबार नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुबीच छलफल भएको थियो । बालुवाटारमा बसेको बैठकमा एमालेले सुन तस्करीको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने अडान दोहोर्यायो । तर प्रधानमन्त्री प्रचण्ड त्यसमा सहमत भएनन् ।

एमाले सचेतक महेश बर्तौलाका अनुसार प्रहरीले गरिरहेको अनुसन्धानलाई निरन्तरता दिने गरी अरु छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउन प्रस्ताव गर्दा पनि सरकार तयार भएन । बरु सत्ता पक्षले गृहमन्त्री जवाफ दिन आउँदा पनि प्रमुख प्रतिपक्षले दिएन भन्ने भ्रम छर्न प्रयास गरेको उनले बताए ।

अहिले बाढी पहिरो लगायतका विषयमा सांसदहरुले सरकारलाई ध्यानाकर्षण पनि गराउनुपर्ने भएको भन्दै एमालेले आजको संसद बैठकमा आकस्मिक, शून्य र विशेष समय चलाउन दिन तयार भएको छ । यो बेला उपप्रधान तथा गृहमन्त्रीले सुन तस्करीबारे जवाफ दिए सुन्ने एमालेले बताएको छ ।

एमाले सचेतक बर्तौलाले भने, ‘उच्चस्तरीय छानबिन समिति गठन गर्छौं भन्ने आयो भने बैठक अगाडि जान्छ । त्यसो भएन भने हामी तस्करलाई संरक्षण गर्ने सरकारको रबैयाको विरोध गर्छौं र उच्चस्तरीय छानबिनको माग गर्छौं ।’

प्रतिनिधि सभाको बैठक आज दिउँसो तीन बजे बस्दै छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।