संसद बैठकअघि सभामुखले प्रमुख सचेतक र सचेतकलाई छलफलमा बोलाए

२३ साउन, काठमाडौं । सभामुख देवराज घिमिरेले सबै राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुको बैठक बोलाएका छन् ।

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुको छलफलपछि सभामुख घिमिरेले सबै राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुको बैठक बोलाएका हुन् । नेताहरुका अनुसार दिउँसो २ बजे बस्ने उक्त बैठकमा प्रतिनिधिसभा बैठक सञ्चालनको विषयमा छलफल हुनेछ ।

नेकपा एमालेका सचेतक महेश बर्तौलाका अनुसार संसदमा आकस्मिक समय चल्न दिन एमाले तयार भएको छ । सांसदहरुले आफ्ना विषय समेत राख्न नपाएको गुनासो गरिरहेको अवस्थामा निरन्तर संसदमा अवरोध गर्दा जनतामा नकारात्मक सन्देश गएको उल्लेख गर्दै उनी सांसदहरुलाई बोल्न दिने निर्णयमा पुगेको बताउँछन् । तर, संसदलाई कार्यसूचीमा प्रवेश गर्न नदिने बर्तौलाले बताए ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको एक क्विन्टल सुन राजस्व अनुसन्धान विभागले २ साउनमा बरामद गरेको थियो । हाल सो सुन बरामदको घटनाको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अनुसन्धान गरिरहेको छ । नेकपा एमालेले यो प्रकरण अनुसन्धानका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गरेको छ भने सरकारले अस्वीकार गरेको छ ।

यही माग राखेर १० साउनदेखि संसद अवरोध गरेको एमाले मंगलबार भने संसदमा गृहमन्त्रीको जवाफ सुन्न तयार भएको छ । प्रतिनिधिसभाको बैठक मंगलबार ३ बजेका लागि बोलाइएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।