अन्ततः संसद् अवरोध अन्त्य गर्न एमाले सहमत, संसद्मा गृहमन्त्रीले जवाफ दिने

काठमाडौं, २३ साउन । प्रमुख तीन दलका शीर्ष नेताहरुबीच संसद् अवरोध खुलाउने विषयमा सहमति जुटेको छ । संसद् अवरोध अन्त्य गर्ने विषयमा तीन दलका शीर्ष नेताहरुबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज (मंगलबार) बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, सभामुख देवराज घिमिरे र तीन दलका प्रमुख सचेतहरु सहभागी थिए ।

एक क्वीनटल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति बनाउन माग गर्दै आएको एमालेले गृहमन्त्रीले उक्त विषयमा उठेका प्रश्नको जवाफ संसद्मा दिने सहमतिमा संसद् अवरोध नगर्ने भएको हो ।

गृहमन्त्रीले दिएको जवाफ चित्त बुझ्दो नभएर उच्चस्तरीय संसदीय छानविन समिति बनाउन सरकार तयार नभए आफूहरु अझ सशक्त ढंगले प्रस्तुत हुने एमाले सचेतक महेश वर्तौलाले बताए ।

‘हामी संसद् जहिले पनि चलाउन चाहन्छौं । आजको बैठक पनि चल्नुपर्छ । चलाउन पर्छ । गृहमन्त्रीले जवाफ दिन्छु भन्नु भएको छ । त्यसमा हामी अवरोध गर्दैनौं । देशभरीका माननीयहरुले बोल्नुहुन्छ, त्यो पनि अवरोध हुँदैन । त्यसपछि हाम्रो माग पुरा भएन भने हामी हाम्रा माग लिएर उभिन्छौं,’– रिपोर्टर्स नेपालका लागि पत्रकार मोहन बुढाक्षेत्रीसँग संक्षिप्त कुराकानी गर्दै सचेतक बर्तौलाले भने ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।