एमालेलाई माओवादीको प्रश्न : सुन तस्करीको अनुसन्धानमा सहयोग गर्न केले छेक्यो ?

काठमाडौँ, २३ साउन(रासस) : सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले प्रमुख प्रतिपक्षी नेकपा (एमाले)लाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरुपमा सुन बाहरिएको विषयको अनुसन्धानमा सहयोग गर्न आग्रह गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले अवैधरुपमा भइरहेको सुनको तस्करीलाई रोक्न वर्तमान सरकारले चालेको कदमलाई सहयोग गर्न केले रोक्यो भनेर प्रश्न गर्नुभयो ।

“यसभन्दा पहिला पनि सरकार र गृह मन्त्रालयल थियो तर सुन आउनेजाने त भइरहेको रहेछ । सुनको व्यापार त भइरहेको रहेछ, तर यही सरकारले खोजेर यो प्रकरण रोक्नुपर्छ भनेर आएको विषयलाई सहयोग गर्नका लागि प्रतिपक्षलाई केले छेक्यो ?” उहाँले प्रश्न गर्नुभयो ।

संविधान निर्माणका क्रममा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग, राष्ट्रिय सतर्कता केन्द्र, अख्तियार दुरुपयोग अनुसन्धान आयोग राख्नुपर्छ भन्दा कसैको विमति नभएको स्मरण गराउँदै सांसद पौडेलले संविधानमा व्यवस्था भएका यी सबै संरचनालाई पार्टी विशेषका संस्थाका रुपमा नबुझ्न आग्रह गर्नुभयो ।

उहाँले सम्बन्धित निकायले दृढतापूर्वक छानबिन अगाडि बढाइरहेका बेला अर्को समिति बनाइनु उचित नहुने बताउनुभयो । “यी संस्था संवैधानिक हिसाबले निर्णय गरेर अगाडि बढाइएका राज्यका निकाय होइनन् ?, यी निकायले काम गर्दैगर्दा अर्को छानबिन समिति बनाउँदा गरिराखेको छानबिनमाथि प्रश्न उठ्दैन ? उहाँले भन्नुभयो ।

माओवादी उच्चस्तरीय छानबिन समितिको विरोधी नभएको प्रष्ट पार्दै उहाँले छानबिनको निष्कर्ष नआउँदासम्मका निम्ति धैर्यतापूर्वक बस्न आग्रह गर्नुभयो । उहाँले गृह प्रशासन र राज्यका अन्य निकायले गरिरहेका कामका लागि सहयोग गर्नसमेत प्रतिपक्षीसँग आग्रह गर्नुभयो ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।