‘कानून र संविधानले बलियो बनाएको संस्थामाथि अविश्वास उत्पन्न किन भयो’

काठमाडौँ, २३ साउन (रासस) : नेपाली काङ्ग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले सुन तस्करी प्रकरणको विषयमा सरकारी निकायले गर्ने छानबिनमा अविश्वास गर्न नहुने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा उहाँले सुन तस्करी प्रकरणमा सरकारी निकायले छानबिन र अनुसन्धान गरिरहेकाले संयमित र धैर्य कायम गर्नसमेत प्रतिपक्षका सांसदलाई आग्रह गर्नुभयो ।

उहाँले कानून र संविधानले बलियो बनाएको संस्थामाथि अविश्वास उत्पन्न हुने कारणसमेत खोज्नुपर्ने बताउनुभयो ।

“सुन तस्करी प्रकरणमा सरकारको एउटा हातले कमजोरी ग¥यो एयरपोर्टमा, अर्को हातले फेरि पक्र्यो सिनामङ्गलचोकमा, यो बिर्सन हुन्न” उहाँले भन्नुभयो, “राजनीतिक प्रकृतिका घटना भए राजनीतिक मानिस राखौँ, सम्मानीत न्यायमूर्ति राखौँ, अनुसन्धान गरौँ र निष्कर्षमा पुगौँ । हामीलाई कोप्रति अविश्वास हो ? हामीले पालैपालो सरकारमा बसेर बनाएको संस्थाहरूप्रति हामी आफैँ अविश्वास गर्दैछौँ ।”

कुनै पनि बहानामा सदन अवरुद्ध नगर्न सांसदहरूले सङ्कल्प गर्नुपर्ने उहाँको भनाइ छ । “आज संसद् खुलेको छ, एकअर्कामा बधाई साटासाट गर्नुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो, “सदन खुलेको हो भने कति दिनका लागि खुलेको हो ? यसबारे कसलाई प्रश्न गर्ने ? हरेक समस्याको हल संसद् बन्द गरेर हुँदैन ।”
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।