राजनीतिक हस्तक्षेपका कारण सरकारी निकायप्रति अविश्वास : रास्वपा सभापति लामिछाने

काठमाडौँ, २३ साउन (रासस) : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं संसदीय दलका नेता रवि लामिछानेले राजनीतिक हस्तक्षेपका कारण सरकारी निकायप्रति अविश्वास पैदा भएको बताउनुभएको छ ।

आज बसेको प्रतिनिधिसभाको बैठकमा उहाँले सुन तस्करी प्रकरणको विषयमा सरकारी निकायबाट भइरहेको छानबिन र अनुसन्धानमा जनविश्वास नभएको बताउनुभएको हो । गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सुन प्रकरणको छानबिनबारे उहाँले भन्नुभयो, “यो २० दिनमा यो अनुसन्धानलाई प्रभावित हुने किसिमका कयौँ क्रियाकलापको निगरानी कसले गरिरहेको छ ? यसको जवाफ कसले दिन्छ ?” उहाँले सुन प्रकरणमा सत्तारूढ दलका नेताहरू संलग्न भएको आशङ्का भए उहाँहरू माथि पनि छानबिन गर्नुपर्ने माग गर्नुभयो ।

बैठकमा उहाँले संसद् अवरोध गरेर तीन दलबीच हुने छलफलबारे समेत असन्तुष्टि व्यक्त गर्नुभयो । “हामीलाई आशङ्का छ कि केही दलका केही नेता बसेर यतिका जनप्रतिनिधिका तर्फबाट आफूले निर्णय गरेर यो सदनलाई बन्धक बनाउन पाइँदैन”, उहाँले भन्नुभयो, “संसद् चल्ने भनेको कुनै अमूक दलका नेताको कुरा मिल्दा र नमिल्दा हैन, यहाँ नेपाली जनताको मुद्दामा छलफल हुुनपर्दछ । संसद् चल्नुपर्दछ ।”

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।