कानुन मिच्ने मलाई कारबाही गरेकोमा गृह मन्त्रालयलाई धन्यवाद !:महाबीर पुन

काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले आफूलाई कारबाही गरेको गृह मन्त्रालयलाई धन्यवाद दिएका छन् । मंगलबार सामाजिक सञ्जालमा पुनले कानुन मिच्ने आफूलाई तुरुन्त कारबाही गरेकोमा गृह मन्त्रालयलाई धन्यवाद दिएका हुन् ।

पुनले विभूषण लिलामीमा राखेपछि गृह मन्त्रालयले लिलामीमा राख्नु गैरकानुनी हुने र राखेमा रद्द हुने बताएको थियो ।

महावीर पुनलाई सरकारले भन्यो– विभूषण लिलामीमा राख्नु गैरकानुनी हो

त्यसपछि पुनले सामाजिक सञ्जालमा लेखेका छन्,’गृह मन्त्रालयले कति छिटो थाहा पाएर मलाई सिंहदरबारमा बोलाई हाल्यो र कानुन पढेर सुनायो । अनि पो थाहा भयो मैले त कानुन उलंघन गरेको रहेछु । कानुन मिच्नेलाई ठोक्नु पर्छ भन्ने कुरामा मेरो पूर्ण सहमत छ । त्यसैले त्यो कानुन मैले मान्नु पर्छ र मान्छु । अब त्यो मेडल बेच्न नपाउने भयो । बरु कानुनमा उल्लेख गरे अनुसार ती पदकहरु गृह मन्त्रालयलाई नै फिर्ता जानेछ ।’

पुनले अन्तर्राष्ट्रिय मेडलहरु भने बिक्री गर्ने बताएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।