नेविसङ्घ समानान्तर कार्यसमिति घोषणा गर्ने तयारी, सानेपामा भेला बोलाइयो

काठमाडौं । नेपाल विद्यार्थी संघमा समानान्तर केन्द्रीय कार्यसमिति घोषणाको तयारी गरिएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले विधान विपरीत नेपाल विद्यार्थी संघमा सदस्य थप गरेको भन्दै असन्तुष्ट विद्यार्थीहरूले नेविसंघ समानान्तर कार्यसमिति घोषणाको तयारी गरेको हो ।

नेविसंघको विधानले १५१ सदस्य मात्रै वैधानिक हुने भने पनि सभापतिले ७१० जनालाई अवैधानिक रूपमा मनोनयन गरेपछि आन्दोलित हुनुपरेको कांग्रेसका महाधिवेशन प्रतिनिधि एवं नेविसंघ त्रिविका नेता योगेन्द्र रावलले बताए ।

उनले भने, ‘विद्यार्थीले पनि नचिन्ने, नेविसंघको विधानले पनि नचिन्ने कार्यसमिति विरुद्ध आन्दोलन हो । एक चेत भएको विद्यार्थीका लागि यो कदापि स्वीकार्य हुन सक्दैन । १२ औँ महाधिवेशन सुनिश्चित गर्न पनि हामीले विद्रोह सुरु गरेका हौँ ।’

पार्टीले दुजाङ शेर्पालाई ६ महिनाभित्र केन्द्रीय अधिवेशन सक्ने गरी जिम्मेवारी दिए पनि उनले डेढ वर्षसम्म कुनै इकाईको अधिवेशनसमेत गर्न नसकेको बताए ।

उनले भने, ‘नेविसंघ अध्यक्ष दुजाङ शेर्पालाई ६ महिनामा केन्द्रीय अधिवेशन गर भनेर जिम्मेवारी दिइएको थियो । तर डेढ वर्षसम्म एउटा जिल्ला, एउटा इकाईमा पनि अधिवेशन गर्न सकेनन् । यस्ता असफल व्यक्तिलाई कारबाही हुनुपर्नेमा पुरस्कृत गरिएको छ । यो स्वीकार्य हुन सक्दैन ।’

२ बजे पार्टी कार्यालय सानेपामा समानान्तर केन्द्रीय कार्यसमितिको घोषणा गर्ने तयारी गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।