संसद् चल्न नदिनु पनि कामै हो नि :एमाले सांसद चौधरी

काठमाडौं, २४ साउन । नेकपा एमालेकी नेतृ एवं सांसद भगवती चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट सुन तस्करीको बारेमा प्रस्ट र चित्तबुझ्दो जवाफ आए मात्र संसद् चल्न सक्ने बताएकी छन् ।

‘गृहमन्त्रीले हिजो पक्ष-विपक्षको भाषण सुनाएजस्तो लाग्यो । उहाँले प्रस्ट र चित्तबुझ्दो जवाफ दिनुभएन । सीआईबी वा अरु निकायलाई स्वतःस्फूर्त काम गर्न दिन्छौं पनि भन्नुभएन । त्यसैले अब प्रधानमन्त्रीले प्रस्ट र चित्तबुझ्दो दिनुभयो भने मात्र संसद् चल्न सक्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भनिन् ।

उच्चस्तरीय छानबिन समिति गठन नै एमालेको ‘बटमलाइन’ भएको पनि चौधरीले बताइन् । एमालेको अरु कुनै काम छैन, खालि संसद् अवरोध भन्ने प्रश्नमा उनले थपिन्, ‘त्यति धेरै सुन ल्याउँदाखेरि भरियालाई मात्र समातेर हुन्छ ? उच्चस्तरीय छानबिन समिति चाहिन्छ भन्दा सबै दोष एमालेलाई दिने ? संसद् चल्न नदिनु पनि कामै हो नि । हामीले बिना कारण संसद् अवरोध गरेको हो र ?’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।