घट्यो सुनको मूल्य
काठमाडौं : बुधबार छापावाल सुनको मूल्य १ सय रूपैयाँले घटेको छ । मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १२ हजार १ सय रुपैयाँ कायम भएकोमा आज १ सय रूपैयाँले घटेर १ लाख १२ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ४५० रुपैयाँ कायम भएको छ ।
मंगलबार चाँदीको मूल्य प्रतितोला १४ सय रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले घटेर १३ सय ९० रूपैयाँ कायम भएको छ ।


