टाइगर प्यालेस रिसोर्ट हङकङमा बिक्री भएको विषयमा अख्तियारले थाल्यो छानबिन

काठमाडौं, २४ साउन । रुपन्देहीको पाँचतारे टाइगर प्यालेस रिसोर्ट हङकङमा बिक्री भएको विषयमा सरकार र अख्तियारले छानबिन अघि बढाएका छन् । विदेशी कम्पनी सिल्भर हेरिटेजले सञ्चालन गरेको उक्त तारे होटल अमेरिकामा रहेका एनआरएन बुद्धिसागर सुवेदी र अरु एनआरएनएहरुको कम्पनीले देश बाहिर खरिद गरेको विषय बाहिर आएपछि सरकार र अख्तियारले उक्त खरिदबारे छानबिन थालेका छन् ।

सुवेदीले लामो समयदेखि अमेरिकामा हायात, होलिडे इनलगायत होटल सञ्चालन गरेका छन् । उनै सुवेदी अध्यक्ष रहेको हिमालयन टाइगर इन्भेष्टमेन्ट एलएलसी कम्पनीले टाइगर प्यालेसको लगानीकर्ता कम्पनी सिल्भर हेरिटेज इन्भेष्टमेन्ट कम्पनी खरिद गरेको हो ।

हिमालयन टाइगर कम्पनी भने अमेरिकाको डेलावेयरमा रजिष्ट्रेशन छ । हङकङमा दर्ता रहेको सिल्भर हेरिटेजको शेयर हङकङमै खरिद भएको हो । उक्त खरिदसँगै रिसोर्टको सेयर स्वामित्व सुवेदी नेतृत्वको हिमालयन टाइगरमा सरेको छ ।

नेपालमा अहिले एक क्विन्टल सुन तस्करी प्रकरण चुलिएको छ । सरकारले सुन तस्करीको छानबिनको जिम्मा सिआईबीलाई लगाएको छ । सुन हङकङबाट आएको हो । क्याथे प्यासिफिक एयरलाईन्सबाट सुन नेपाल भित्रिएको हो । हङकङबाटै यति ठूलो परीमाणमा सुन नेपाल भित्रिएको र त्यही समयमा टाइगर प्यालेस रिसोर्टको किनबेच पनि हङकङमै भएकोले सरकार र अख्तियारले छुट्टाछुट्टै छानबिन अघि बढाएका छन् ।

तर, लगानीकर्ताहरुले भने सरकारलाई बुझाउनुपर्ने दायित्व, बैंकको ऋण, कर्मचारीलाई बुझाउनुपर्ने रकमसमेत सबैको दायित्व सकारेको जनाएका छन् । उक्त रिसोर्ट किन्नको लागि कूल पाँच अर्ब रुपैयाँभन्दा बढी लगानी भएको जनाईएको छ । उक्त रिसोर्टको नयाँ लगानीकर्ताको रुपमा गैरआवासीय नेपाली संघका वर्तमान अध्यक्ष कुल आचार्य पनि रहेको बुझिएको छ । सुवेदी र आचार्यका साथै क्यानडा च्याप्टरका निवर्तमान अध्यक्ष दीपक गौतम, अमेरिकाका डा. केशव पौडेललगायत पनि लगानीकर्ताको रुपमा रहेको बुझिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।