प्याब्सन र एन प्याब्सनले गरे अनिश्चितकालीन विद्यालय बन्दको घोषणा

विराटनगर । प्रस्तावित शिक्षा विधेयकको विरोध गर्दै निजी विद्यालय सञ्चालकहरूले विद्यालय बन्दसहितको आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् ।

प्रस्तावित शिक्ष विधेयकमा कम्पनी मार्फत सञ्चालनमा रहेका विद्यालयहरू गुठी अन्तर्गत सञ्चालन गर्नु पर्ने नीति भएको भन्दै निजी विद्यालय सञ्चालकहरूले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका हुन् ।

विराटनगरमा पत्रकार सम्मेलन गर्दै निजी तथा आवासीय विद्यालयहरूका सस्थाहरु प्याब्सन, एन प्याब्सन र हिसानले साउन २८ गतेदेखि अनिश्चितकालकालागि स्कुल कलेज बन्दको आव्हान गर्ने घोषणा गरेका छन् ।

सरकारले कम्पनी मार्फत सञ्चालन भइरहेको शिक्षण संस्थालाई प्रस्तावित शिक्षा विधेयक मार्फत गुठी अन्तर्गत सञ्चालन गर्न लागेको भन्दै आन्दोलन सुरु गर्नु परेको बताएका छन् ।

पत्रकार सम्मेलनमा नेशनल प्याब्सन कोशी प्रदेश अध्यक्ष राजन पौडेल, हिसान कोशी प्रदेश अध्यक्ष ज्ञानबहादुर खड्का र प्याब्सन कोशी प्रदेश अध्यक्ष टिकाराम ढकालले व्यक्तिको निजी सम्पत्ती माथि सरकारले हस्तक्षेप गरी राष्ट्रियकरण गर्न खोजेको आरोप लगाए ।

हिसान कोशी प्रदेश अध्यक्ष ज्ञानबहादुर खड्काले सरकारले २०५८ सालमा गरेको संवैधानिक व्यवस्था बमोजिम कम्पनीमा दर्ता भएर सञ्चालन भइरहेको शिक्षण संस्थालाई विधेयकमार्फत ५ वर्ष भित्र गुठीमा परिणत गराउने निर्णय फिर्ता नलिएसम्म शिक्षण संस्था बन्द रहने बताए ।

प्रस्तावित शिक्षा विधेयक सङ्घीय संसद्मा पेस हुन बाँकी छ । जुन विधेयक सङ्घीय सांसदबाट पारित भएर कानुन बनेको खण्डमा कम्पनी मार्फत सञ्चालन भई रहेको शिक्षण संस्थामा व्यक्तिको स्वामित्व रहने छैन प्यबसन कोशीका अध्यक्ष टिका ढकालले भने,गुठी मार्फत सञ्चालन हुने निजी विद्यालयको स्वामित्व सरकारमा निहित हुने छ ।

उनले साउन २८ गतेदेखि अनिश्चितकालकालागि देशभरिका निजी स्कुल र कलेज पूर्ण रूपमा बन्द रहने बताए । उनले भाद्र १ गतेदेखि स्कुल कलेज बन्द सँगै विद्यालयका सवारी साधनलाई सार्वजनिक स्थलमा पार्किङ गरेर प्रस्तावित शिक्षा विधेयकको विरोध गर्ने बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।