दोषी देखिए अधिवक्ता भगवती पाण्डेलाई कारबाही हुन्छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं,२४ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले विवादास्पद अभिव्यक्ति दिएर चर्चामा आएकी अधिवक्ता भगवती पाण्डेलाई अनुसन्धानका क्रममा दोषी देखिए कारबाही हुने बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित आदिवासी जनजाति समुदायले गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले अनुसन्धानका क्रममा दोषी देखिए कारबाही गर्ने प्रतिवद्धता जनाएका हुन् ।

‘तामाङ समुदायको संस्कारलाई आँच पुग्ने गरी भगवती पाण्डेले दिएको भन्ने अभिव्यक्तिप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको छ । यस विषयमा आज बिहानमात्र मैले प्रहरीका उच्च अधिकारीसँग छलफल गरेको छु’, उनले भने, ‘दोषी देखिएमा कारबाही हुन्छ । आन्दोलनका क्रममा प्रहरीले बल प्रयोग गरी केही व्यक्तिहरू गम्भीर घाइते भएको विवरण आएका छ । अत्यधिक बल प्रयोग गर्ने प्रहरीमाथि पनि कारबाही हुने कुरा तपाईंहरूलाई जानकारी गराउँछु ।’

पाण्डे दुई हप्ता अगाडि एक टेलिभिजन कार्यक्रममा तामाङ, मगर र मुस्लिम समुदायमा हुने बिबाहका सम्बन्धमा दिएको अभिव्यक्तिका कारण विवादमा तानिएकी थिईन् । तामाङ,मगर समुदायहरु आवद्ध संघ संस्थाले प्रहरीमा जाहेरी दिएपछि पक्राउ परेकी पाण्डे सामान्य सोधपुछपछि रिहा भएकी थिईन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।