आन्दोलनकारीमाथि प्रहरीले दमन गरेकै हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अधिवक्ता भगवती पाण्डेलेमाथि दोषी देखिए कारबाही गर्ने बताएका छन् । तामाङ संस्कारमाथि पाण्डेले दिएको अभिव्यक्तिबारे आफूहरुले समीक्षा गरिरहेको बताए ।

विश्व आदिवासी दिवस समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘भगवती पाण्डेको अभिव्यक्तिमा संवेदनशिलता पैदा भएको छ । त्यसमा सरकार गम्भीर छ । हिजोमात्रै पनि गृहमन्त्रालय लगायत सम्बन्धित प्रहरी अधिकृतलाई राखेर घटनाको समिक्षा गरिएको छ । दोषीलाई कारबाही गर्ने प्रक्रिया अगाडि बढेको जानकारी गराउँछु । नेपाल बहुभाषिक, बहुजातीय देश भएको त्यहाँ एउटा सामाजिक सद्भाव र एक्यबद्धता रहेको सन्दर्भमा कुनै पनि जाति, भाषा र संस्कृतिमाथि अपमानित गर्ने कुनै पनि भाषा प्रयोग गर्नु विल्कुल सहन सकिने कुरा होइन ।’

त्यो घटनासँग जोडिएर आवाज उठाउने आन्दोलनकारीहरुमाथि प्रहरीले ज्यादति गरेको आफूहरुको ठहर रहेको बताए ।

उनले भने, ‘महिलाहरुलाई कोठाभित्र लगेर जुन किसिमको यातना दिइएको छ त्यसमा पनि दोषीमाथि कारबाही गर्ने प्रक्रिया अघि बढिसकेको जानकारी गराउँछु ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।