‘एमालेले सदनमा प्रचण्डकी जय भनिदिनुपर्ने ?’

काठमाडौं, २५ साउन । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचेतक महेश बर्तौलाले सत्तापक्षले नै संसद्लाई बन्धक बनाएको आरोप लगाएका छन् ।

‘एमालेले बन्धक बनाएको हो संसद् ? सरकारले नै संसद् खोल्न नखोजेको होइन ? हामीले सुन तस्करीमा उच्चस्तरीय छानबिन समितिको माग गर्दा सरकार किन तयार भएन ? यति ठूलो सुन तस्करीमा सरकारका उच्चपदस्थ अधिकारी र मन्त्रीहरुको नेतृत्वको संलग्नता र संरक्षणको गन्ध आइरहेको छ । यो सरकारका अंगबीच नै मोलमोलाइ नमिलेर समाइएको होइन ? नेकपा एमाले सदनमा गएर चुप लागेर बस्नुपर्ने, प्रचण्डकी जय भनिदिनुपर्ने, सरकारका गतिविधि जिन्दावाद भनिदिनुपर्ने ?’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।

सत्तापक्षले नै संसद्लाई भिडन्त र द्वन्द्वमा लैजान चाहेको आरोप पनि बर्तौलाले लगाए । उनले भने, ‘सभामुखले दिएको समयमा हामीले बोल्न लाग्दा सत्तापक्ष भिडन्त र द्वन्द्वमा जान चाह्यो । सत्तापक्षले दादागिरी देखायो । प्रतिपक्षले आफ्ना कुरा उठाउन पाउँदैन ? यो जनताको र देशको एजेन्डा होइन ? के यो भुटानी, पाकिस्तानीको एजेन्डा हो ?’ सरकार प्रतिपक्षलाई गलाउने, गिराउने अनि फुाउने धन्दामा रहेको आरोप पनि उनले लगाए । उच्चस्तरीय छानबिन समिति बनाउँछु भनेर प्रतिबद्धता आउनेबित्तिकै ३० सेकेन्डमै संसद खुल्ने दाबी पनि सचेतक बर्तौलाको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖