माछा सुँघ्ने, खाने र माछाकै झोल पिउने अनौठो लत

एजेन्सी । मानिसलाई चिया कफी, चुरोट, मदिरा आदिमा लत बसेको त थाहा भएकै कुरा हो । तर अमेरिकामा एकजना व्यक्तिलाई भने माछाको लत बसेको छ । उनलाई दिनहुँ टुना माछाको गन्ध सुँघ्नु पर्छ, हप्ताका कम्तिमा १५ डिब्बा माछा खानुपर्छ, माछाकै रस पिउनु पर्छ । अनि जतिबेला पनि माछा राखेको बट्टा सुँघ्नुपर्छ ।

अमेरिकाको कन्सासस्थित लरेन्समा बस्ने टाइलर नामक व्यक्तिले My Strange Addiction : Addicted नामक एक टेलिभिजन कार्यक्रममा आफ्नो अनौठो लतको बारेमा खुलासा गरेका हुन् ।

त्यसक्रममा उनले डिब्बामा बन्द गरेर बजारमा बेच्न राखिएका टुना माछाप्रति आफ्नो आशक्तिका बारेमा चर्चा गरे ।

द न्युयोर्क पोस्टका अनुसार टाइलरको माछाको लत यतिधेरै बढेको छ कि उनले माछालाई नै प्रफ्युमका रुपमा समेत प्रयोग गर्दछन् । आफूलाई हरेक दिन, हरेक समय, रातभर तथा कुनै पनि समयमा टुना माछाको गन्ध सुँघ्न मन लाग्ने उनी बताउँछन् ।

टाइलरकी आमा उर्सुला भन्छिन्- उसलाई पहिले पनि सधै माछा नै मन पर्थ्यो । जब ऊ सानो थियो र इस्टरका बेला जब धेरैजसो बच्चाहरु आफ्नो टोकरीमा मनपर्ने चकलेटहरु होउन् भन्ने चाहन्थे तर उसले भने चकलेट खाएन । त्यसैले उसलाई त्यो टोकरीमा पनि हामीले टुना तथा सार्डिन माछाका डिब्बा राखिदिन्थ्यौं किनकि उसलाई माछा मन पर्दथ्यो । तर उसको लत यति हदसम्म जान्छ होला भन्ने लागेको थिएन । उसमा माछाको लत कसरी बस्यो पत्तै भएन ।

युट्युबमा शेयर गरिएको उक्त टेलिभिजन कार्यक्रमको एक भिडियो अंशमा टाइलर एक कफी शपमा बसिरहेको देखिन्छ ।

उनले आफ्नो गोजीबाट टुनाको एक सानो बट्टा र बट्टा खोल्ने साधन निकाल्छन् । चारैतर्फ हेरेर उनले सावधानीपूर्वक त्यो बट्टा खोल्दछन् र गहिरो गरी सुँघ्छन् । उनले बट्टा सुँघेर माछाको गन्ध लिइरहेको बेला एकजना महिला हातमा कफीको कप समाएर नजिकै आउँछिन् । तर टाइलरलार्य कफीप्रति कुनै रुचि छैन । उनले पुनः एकपटक त्यहीँ बट्टा सुँघ्छन् । उनको त्यो व्यवहारले कफी शपका कर्मचारीहरु पनि आश्चर्यमा पर्दछन् ।

टेलिभिजन कार्यक्रममा टाइलर भन्छन्, ‘मलाई टुना माछा सुँघ्ने लत त र साथीहरु मलाई टुना टाइलर भन्न थालेका छन् । जब मानिसहरुले मलाई सार्वजनिक रुपमै माछा सुँघिरहेको देख्छन् त उनीहरुले यो केही अनौठो मान्छे छ भनेर सोँचिहाल्छन् । अरु मानिसलाई त यो अनौठो लाग्नसक्छ, तर मेरो लागि यो नितान्त सही छ ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।