केन्द्रीय राजनीति तरंगित ,गठबन्धन टुट्ला त ?

काठमाडौं, २५ साउन । गौर हत्याकाण्डका पीडितसँग प्रचण्ड नेतृत्वको सरकारले पाँच बुँदे सहमति गरेपछि केन्द्रीय राजनीति तरंगित बनेको छ । खासगरी सत्ता गठबन्धनकै मुख्य घटक जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव यतिवेला प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग रुष्ट बनेका छन् ।

उनले आफूलाई फसाउने उद्देश्यले प्रचण्डले गौर हत्याकाण्डको फाईल खोल्न लागेको भन्दै सत्ता गठबन्धनको मुख्य घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग गुनासो पोखेका थिए । सोलगत्तै देउवाले प्रधानमन्त्री दाहाललाई बालुवाटार पुगेकार भेटेको र सो भेटमा उपेन्द्र यादव पनि सामेल रहेको स्रोतको दाबी छ ।

देउवा र यादवसँगको भेटमा भने प्रधानमन्त्री प्रचण्डले आफूले आन्दोलनरत पक्षको भावनालाई कदर गरेर वार्ता समिति बनाएको र गृहमन्त्रालयले ५ बुँदे सहमति गरेको स्पष्टीकरण दिएका थिए । कतिपयले भने प्रधानमन्त्री प्रचण्डले उपेन्द्र यादव र माधव नेपाललाई साईजमा राख्नको लागि गौर हत्याकाण्डको फाईल खोलेको र ललिता निवास प्रकरणमा माधव नेपाललाई अनुसन्धानमा तानेको भनेर पनि टिप्पणी गर्न थालेका छन् ।

जसपाले त सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच भएको पाँच बुँदे सहमतिलाई लिएर आपत्ति जनाएको छ। र, उक्त सहमतिको विरुद्धमा आन्दोलनमा उत्रिनेसम्मको चेतावनी दिएको छ । हिजै यादवले काठमाडौंमा उपलब्ध केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुसँग छलफलसमेत गरिसकेका छन् । सो छलफलमा नेताहरुले प्रधानमन्त्री प्रचण्डले अध्यक्षविरुद्ध घेराबन्दी गरेको भन्दै आवश्यक परे सरकारबाट बाहिरिएर आन्दोलनमा उत्रिनुपर्ने धारणा राखेको कुरा बाहिर आएका छन् ।

जसपाका अध्यक्ष यादवले कांग्रेस सभापति देउवासँग गम्भीर ढंगले कुराकानी राखेकोले आज/भोलिभित्रै राजनीति नयाँ ढंगले पनि अघि बढ्नसक्ने चर्चा चलेको छ। यादवले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेको कुरा बाहिर आएको छ । एमालेले सदन अवरुद्ध गरिरहेको छ । एमाले गृहमन्त्री, अर्थमन्त्रीदेखि प्रधानमन्त्रीको राजीनामा माग्नेगरि अघि बढेको छ। यस्तोमा सरकार परिवर्तनको तहसम्म राजनीति पुग्ने केही राजनीतिक विश्लेषकहरुको दाबी छ ।

यही सन्दर्भमा कांग्रेस सभापति देउवाले पार्टीको संसदीय दलको समितिको बैठक बोलाएका छ्न । आजै दिउँसो ४ बजे देउवा निवास धुम्बाराहीमा बस्ने बैठकमा संसदमा जारी रहेको गतिरोध अन्त्य र उत्पन्न पछिल्लो राजनीतिक परिस्थितिको विषयमा छलफल हुने बताईएको छ । कतिपयले देउवाले एमालेको साथ लिएर आफ्नै नेतृत्वमा सरकार गठनको लागि ठोस पहलकदमी लिन लागेको पनि भनेर भनेका छन् ।

एमाले नेताहरुले भने अहिले आफूहरु सरकार परिवर्तनको खेलमा नलागेको स्पष्ट पार्दै आएका छन् । तर, उनीहरुले भित्रभित्रै प्रचण्डलाई हटाउनको लागि देउवासँग निर्शत सहकार्य गर्न पनि पहल गरेको गाईगुँई चलेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।