ललिता निवास प्रकरण : पूर्वप्रधानमन्त्रीद्धय नेपाल र भट्टराईको बयान लिने तयारीमा सिआइबी

काठमाडौं, २५ श्रावण । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ललिता निवास जग्गा प्रकरणअन्तर्गत पूर्वप्रधानमन्त्रीद्धय माधवकुमार नेपाल र बाबुराम भट्टराईको बयान लिने तयारी गरेको छ।

सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा तत्कालिन मन्त्रिपरिषद्‍का सदस्यहरूमाथि अनुसन्धान गर्न आदेश दिएसँगै सिआइबीले पनि तत्कालिन प्रधानमन्त्रीद्धय नेपाल र भट्टराईलगायत सो प्रकरणमा मुछिएका तत्कालिन मन्त्रीहरूमाथि पनि बयान लिने आन्तरिक तयारी गरेको हो।

उनीहरूको बयान लिनका लागि प्रहरी प्रमुख बसन्तबहादुर कुँवरले महान्यायधिवक्ता दिनमणि पोखरेललगायतका सम्बन्धित व्यक्तिहरूसँग भेटेर छलफल गरिसकेका छन्।

पूर्वप्रधानमन्त्री नेपाल हाल विदेश भ्रमणमा रहेको हुँदा उनी फर्किएपछि मात्रै दुईटै प्रधानमन्त्रीको बयान सँगसँगै लिने सिआइबीले आन्तरिक तयारी गरेको स्रोतले बताएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।