४ करोड विगो मागदावीसहित साझा भण्डार सहकारी संस्थाका तत्कालीन अध्यक्ष खड्कासहित ९ जनाविरुद्ध भ्रष्टचारको मुद्दा दायर

काठमाडौं,२५ साउन । अख्तियार दूरुपयोग अनुसन्धान आयोगले काठमाडौंमा रहेको साझा भण्डार सहकारी संस्था लिमिटेडका तत्कालिन अध्यक्ष जयकुमार खड्कासहित ९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टचारको मुद्दा दायर गरेको छ ।

अख्तियारले आज एक सूचना जारी गर्दै संस्थाका जयकुमार खडका, संचालक समितिका सदस्यहरु आत्माराम राजवंशी, सुवर्ण मानन्धर, लक्ष्मण थापा, भोला प्रसाद न्यौपाने र सदस्य सचिव तथा महाप्रवन्धक अमर थापा समेत ९ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरेको हो ।

अख्तियारले तत्कबालिन अध्यक्ष खड्कासहित ९ जनाबाट ४ करोड ४ लाख २४ हजार १ सय ८१ रुपैया बिगोसमेत असुल्न माग गरेको छ ।

‘‘साझा भण्डार सहकारी संस्था लिमिटेड, भोटाहिटी, काठमाडौंको नाममा रहेको सुर्खेत जिल्ला साविक कटकुवा गा.पं ९, हाल वीरेन्द्रनगर नगरपालिका वडा नं-८ को क्षेत्रफल ०-२-० को जग्गा र बाँके जिल्ला, कोहलपुर गा.वि.स वडा नं-३ (क) को क्षेत्रफल ०-२-१७ को जग्गा अनुचित लाभ लिई कम मूल्यमा विक्री गरी आर्थिक हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा साझा भण्डार सहकारी संस्था लि.का तत्कालीन अध्यक्ष जयकुमार खडका तथा संचालक समितिका तत्कालीन सदस्यहरू आत्माराम राजवंशी, सुवर्ण मानन्धर, लक्ष्मण थापा, भोला प्रसाद न्यौपाने र सदस्य सचिव तथा महाप्रवन्धक अमर थापाले साझा भण्डार सहकारी लि।को नाममा रहेको सुर्खेत उपत्यका नगर विकास समितिको गुरुयोजनाको प्लानिंङ नक्सामा व्यावसायिक क्षेत्र भनी तोकिएको साविक कटकुवा गा.वि.स वडा नं ९, हाल वीरेन्द्रनगर नगरपालिका वडा नं ८ को क्षेत्रफल ०-२-० को जग्गा तथा साझा भण्डार सहकारी लि.को नाममा रहेको बाँके जिल्ला, कोहलपुर गाविस वडा नं.३(क) को क्षेत्रफल ०-२-१७ को जग्गा साझा भण्डार सहकारी संस्था लि।ले विना आधार र कारण हँचुवाको भरमा अत्यन्त कम मूल्यमा बिक्री गर्ने निर्णय गरी व्यक्ति विशेषलाई बिक्री गरी संस्थालाई चार करोड चार लाख चौवीस हजार एक सय एकासी रुपैया वीस पैसा हानिनोक्सानी पुर्‍याएको र व्यक्तिलाई फाइदा गराएको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर भएको पुष्टि भएको हुँदा निजहरू जयकुमार खडका, आत्माराम राजवंशी, सुवर्ण मानन्धर, लक्ष्मण थापा, भोला प्रसाद न्यौपाने र अमर थापालाई सुर्खेत र कोहलपुर दुवै स्थानको जग्गा विक्रीवापत संस्थालाई नोक्सानी पुर्‍याएको विगो चार करोड चार लाख चौवीस हजार एक सय एकासी रुपैया वीस पैसा कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम सोही दफा १७ ले निर्देश गरेको दफा ३ को उपदफा १ को खण्ड (झ) बमोजिम कैद र जरिवाना गरी ऐनको दफा १७ वमोजिम विगोसमेत असुल उपर हुन मागदावी लिइएको छ’। अख्तियारले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।