नेपालले भारतलाई बेचेको भन्दा किनेको बिजुली रकम दोब्बर

काठमाडौँ — गत आर्थिक वर्ष २०७९/८० मा नेपालले भारतलाई बिजुली निर्यात गरेर कमाएको आम्दानीभन्दा भारतबाट बिजुली किनेको रकम झण्डै दोब्बर देखिएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार सो आर्थिक वर्ष नेपालले भारतमा कुल १० अर्ब ४५ करोड रुपैयाँ बिजुली निर्यात गरेर आम्दानी गरेको छ ।

तर सो वर्ष नै भारतबाट नेपालले १९ अर्ब ४४ करोड रुपैयाा बराबरको बिजुली किनेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । भारतलाई विद्युत् बिक्री गर्न बर्खामा मात्रै पर्याप्त उत्पादन हुने तर हिउँदमा उतैबाट आयात गर्नुपर्ने बाध्यात्मक परिस्थितिका कारण निर्यात भन्दा आयात बढी देखिएको हो ।

हाल प्राधिकरणले भारतमा ४५२ मेगावाटसम्म बिजुली बिक्री गर्ने अनुमति पाएको छ । थप करिब ६ सय मेगावाट विद्युत निर्यातका लागि भारतलाई आयोजनासहित प्रस्ताव गरिएकोमा भारतको विद्युत् मन्त्रालयमा सहमतिको प्रक्रियामा रहेको घिसिङले जानकारी दिए । प्राधिकरणका अनुसार हालसम्म आन्तरिक प्रणालीको जडित क्षमता कुल २८२२ मेगावाट पुगेको छ । हालसम्म ८०५२ मेगावाट विद्युतको खरिदबिक्री सम्झौता भएको प्राधिकरणले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।