अहिले यस्तो छ कानुनमन्त्री गुरुङको स्वास्थ्य अवस्था

काठमाडौँ — अस्वस्थ भई अस्पताल भर्ना भएका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङको स्वास्थ्यमा सुधार भएको छ । बिहीबार बिहान करिब १० बजे मन्त्रालयका सचिव उदयराज सापकोटासँग छलफल गरिरहेका बेला अचानक स्वास्थ्यमा असहजता भएपछि गुरुङलाई अन्नपूर्ण न्युरो अस्पताल लगिएको थियो ।

अस्पताल पुर्‍याउँदा गुरुङको रक्तचाप र मुटुको धड्कन कम भएपछि अन्नपूर्ण न्युरोबाट महाराजगन्जस्थित मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा लगेर थप उपचार सुरु गरिएको उनका स्वकीय सचिव प्रेम केसीले बताए । उनका अनुसार आपत्‌कालीन कक्षमा राखेर गुरुङको स्वास्थ्य परीक्षण भइरहेको छ । चिकित्सकहरूले मन्त्री गुरुङलाई २४ घण्टासम्म अब्जरबेसनमा राख्ने बताएका छन् ।

स्वकीय सचिव केसीका अनुसार गुरुङको मुटुको धड्कन र रक्तचापमा सुधार देखिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।