एसएलसी फेल राजेन्द्र न्यौपाने यसरी भए डा. सुनील शर्मा

काठमाडौं। नेपाली कांग्रेसका सांसद तथा मेडिकल व्यवसायी सुनील शर्मा पक्राउ परेपछि फेरि चर्चामा आएका छन्।

चिकित्सा क्षेत्रका विवादित व्यवसायी उनी पटक-पटक चर्चा र विवादमा आइरहने पात्र हुन्।

चिकित्सा क्षेत्रका विवादित व्यवसायी शर्मा मोरङ–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। सांसदसमेत रहेका शर्मा मेडिकल कलेजको सम्बन्धन, सिट निर्धारण र शिक्षण शुल्कका विषयमा विवादमा आइरहेका व्यक्ति हुन्।

आफैँ कानुन बनाउने सर्वोच्च ठाउँमा पुगेका उनका बदमासीको चाङ सानो छैन। कहिले बिरामीको उपचार त कहिले मापदण्ड विपरीतको शिक्षण अस्पताल र बढी शुल्क लिएको भन्दै उनी चर्चामा आइरहन्छन्। यिनै विभिन्न बदमासीका कारण सदाबहार चर्चामा हुन्थे।

स्वास्थ्यकर्मीले लापरबाही गरेर बिरामी मारेको आरोपदेखि कहिले आर्थिक अपराध गरेको आरोप खेप्दै आएका उनै शर्मा अर्को मुद्दामा फसेका छन्।

नक्कली सर्टिफिकेट बनाएर प्रयोग गरेको आरोपमा उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पक्राउ गरेको हो।

उनी नयाँ आरोपी होइनन्। नेपाली कांग्रेससँग नजिकको सम्बन्ध बनाएका शर्माले यसअघि राजनीति र पैसाको पहुँचमा सबै अपराधमा उन्मुक्ति पाइरहेका थिए। अब भने नक्कली सर्टिफिकेट मुद्दामा के होला चासोको विषय बनेको छ।

शर्मा कुनै समय प्रहरीको फरार सूचीमा समेत थिए। नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सक पेसा अँगालेको उनीमाथि आरोप थियो। भन्दै २०७३ मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ‘अपरेसन क्वाक’ चलाउने क्रममा उनी पनि परेका थिए।

त्यो बेलामा राजनीतिक दबाब र प्रभावले उम्कन सफल भएका थिए। सीआईबीले पक्राउ गर्न प्रमाण जुटाएको सुइँको पाएपछि जापान भागेका उनी फेरि स्वदेश आए। उनी अहिले फेरि फन्दामा परेका छन्।

शर्माले एमबीबीएस अध्ययनका लागि पेश गरेको आईएस्सीको प्रमाणपत्र नक्कली रहेको आशंका छ। सम्बन्धित कलेजमा सोध्दा हाम्रो रेकर्डमा छैन भन्ने जानकारी आएको सीआईबी स्रोतले जनाएको छ।

सांसद शर्माको विगत

सांसद नबन्दै उनले राजनीतिक पहुँचका आधारमा आफ्नो पक्षमा धेरै निर्णय गराएका छन्। उनी १० वर्ष अघि नै मेडिकल काउन्सिललाई झुटो विवरण दिएर करोडौँ रुपैयाँ अनियमितता गरेको आरोप लागेको थियो।

मेडिकल कलेजले सम्बन्धन पाउन केही मापदण्ड पुर्‍याउनुपर्ने हुन्छ। तर, पूर्वाधार नै नपुर्‍याएको नोबेल कलेजले शैक्षिक सत्र २०७१\७२ मा एमबीबीएसमा १५० र बीडीएसमा ५० सिट पाएको थियो।

नेपाल मेडिकल काउन्सिलले गरेको निरीक्षणका क्रममा नोबेलमा ४६ जना नक्कली प्राध्यापक राखेको भेटिएको थियो। उनीहरूलाई निरीक्षणमा आउँदा देखाउनकै लागि प्राध्यापक भनेर खडा गरिएको थियो।

शर्माको विगत आर्थिक अपराध कर छलीसँग पनि जोडिएको छ। नोबेल मेडिकल कलेजले राजस्व छल्न आफ्नो सम्पत्तिको मूल्य वास्तविकभन्दा कम राखेको पाइएको छ। भौतिक संरचना निर्माण गर्न लिएको ब्यांक ऋण अन्यत्रै लगानी गरेको आरोप छ।

कलेजको नाममा किनेको जग्गाको मूल्य कम देखाएको अर्को आरोप छ। कलेजमा लगानी गरेको रकम यथार्थपरक नभएको, राजस्व चुहावट गर्ने उद्देश्यले समयसीमा नघाएर कर बुझाउने गरेको राजस्व अनुसन्धान विभागले २०७२ मा गरेको अनुसन्धानमा देखिएको थियो।

शर्माको कालो विगत यतिमै सीमित छैन। अर्बौंको सम्पत्ति भएको नोबेलमा अहिले पनि गलत उपचार गराउने, पीडितलाई धम्क्याउने, प्रशासनको आडमा नियन्त्रणमा राख्ने गरेको तथा सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ध्वस्त पारेको आरोप छ।

चिकित्सक र कर्मचारीलाई कमिसन खुवाएर प्रतिष्ठानलाई नोबेलको रिफर सेन्टर बनाएको आरोप उनीमाथि छ।

को हुन् शर्मा ?

पुर्ख्यौली घर मोरङ्गको लेटाङ रहेको शर्मा लेटाङमा माध्यमिक तह पढेका थिए। त्यहाँ उनको नाम राजेन्द्र न्यौपाने थियो। पढाइ-लेखाइमा उति मन नगर्ने शर्मा एसएलसी फेल भए। त्यसपछि गाउँ छाडेर गए। उनी कालिकोट गएका रहेछन्।

पहिला एसएसलीमा कक्षा ९ र १० कै प्रश्न आउँथ्यो। फेरि अभिभावकले शर्मालाई कक्षा ९ पढाए। उनले एसएलसी प्रथम श्रेणीमा पास गर्न सफल भए। उनी त्यसपछि गाउँ फर्किँदा सुनील शर्मा भएर गए।

कांग्रेस सांसद तथा महासमिति सदस्य उनी त्यहाँ आबद्ध भएको धेरे भएको छैन। उनले कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालासँग सम्बन्ध बनाएपछि ०६४ मा कांग्रेसमा गए।

भयङ्कर महत्त्वाकांक्षी शर्माले गिरिजाप्रसाद कोइराला पुत्री सुजातालाई धेरै गुन लगाएका छन्। त्यो सहयोगको मूल्य नोबेल मेडिकल कलेजको सम्बन्धसँग साटेको चर्चा हुने गर्छ।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले कलेजलाई सम्बन्धन दिलाइदिएपछि सेयरधनी बनेर शर्मा नोबेलमा भित्रिएका जानकारहरू बताउँछन्।-नेपाल भ्यूज

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।