भोजपुर बजार क्षेत्रको सडक भत्किएर दुर्घटनाको जोखिम बढेपछि श्रमदानमार्फत युवाले गरे मुख्य बजारको सडक मर्मत

भोजपुर, २६ साउन (रासस) : भोजपुर बजार क्षेत्रको सडक भत्किएर दुर्घटनाको जोखिम बढेपछि श्रमदानमार्फत मर्मत गरिएको छ ।

दैनिकजसो सयौँको सङ्ख्यामा सवारी साधन आवतजावत हुने सडकमा जोखिम बढेपछि राष्ट्रिय युवा सङ्घ र स्थानीयको सहभागितामा सडक मर्मत गरिएको हो । युवाको अगुवाइका गरिएको श्रमदान अभियानमार्फत विगतमा ढलान गरिएको ठाउँ भत्किएपछि सिमेन्ट, गिट्टी र बालुवा प्रयोग गरेर मर्मत गरिएको हो ।

बजार क्षेत्रमा ढल व्यवस्थापनको काम भइरहेको भए पनि हाल बाटो बिग्रिएको ठाउँसम्म सडक बन्न समय लाग्ने भएकाले बजारवासीलाई सहज आवागमनका लागि बाटो मर्मत गरिएको भोजपुर नगरपालिकाका उपप्रमुख निर्मला शेर्पाले बताउनुभयो । सडकका कारण आवतजावतमा समस्या भएपछि आफुले व्यक्तिगतरुपमा सडक मर्मतका लागि सहयोग गरेको उहाँको भनाइ छ ।

“बजार क्षेत्रको सडक बिग्रँदा समस्या छ”, उपप्रमुख शेर्पाले भन्नुभयो, “यहाँको ढल व्यवस्थापनको काम भइरहेको छ, त्यसलाई पर्खेर बस्दा समय लाग्ने भएकाले सडक मर्मत गरेका छौँ, सडक मर्मतका लागि आवश्यक पर्ने सामग्री मैले व्यक्तिगत रुपमा सहयोग गरेकी छु ।” दैनिकजसो स्थानीयले भोगेको सास्तीलाई नगरपालिकाले देखेर पनि बेवास्ता गरेपछि भत्किएको ठाउँमा ढलान गरिएको राष्ट्रिय युवा सङ्घ भोजपुर नगर कमिटी अध्यक्ष दिपेन दर्लानले जानकारी दिनुभयो ।

“विगतमा गरिएको ढलान भत्किदा दुर्घटनाको जोखिम बढेको अवस्था थियो”, अध्यक्ष दर्नालले भन्नुभयो, “पटकपटकभन्दा पनि सडक मर्मतमा नगरले बेवास्ता गरेपछि हामीले खाल्डाखुल्डी पुरेका हौँ, यसले दुर्घटनाको जोखिम न्यूनीकरणमा टेवा पुग्छ भन्ने हाम्रो लक्ष्य हो, यो अभियान जारी राख्ने हाम्रो योजना छ ।”

श्रमदान अभियानमार्फत जिल्लामा फैलिरहेको डेङ्गु तथा आँखा पाक्ने रोगबाट बच्नका लागि अनपाउन सन्देशमूलक सूचनाको बोर्डसमेत बजार क्षेत्रमा राखिएको राष्ट्रिय युवा सङ्घ नेपालका केन्द्रीय सदस्य विमल रणपहेंलीले जानकारी दिनुभयो । त्यस्तै बजार क्षेत्र आसपासको सरसफाइ गरिएको उहाँको भनाइ छ ।

मुख्य बजारमा सडक बिग्रेका कारण दुर्घटनाको जोखिम बढेकाले युवाको अगुवाइमा सडक मर्मत गरिएको नेकपा (एमाले) जिल्ला कमिटी अध्यक्ष शरणकुमार राईले बताउनुभयो । “सडक बिग्रँदा दुर्घटनाको जोखिम बढेको अवस्था थियो”, अध्यक्ष राईले भन्नुभयो, “यसरी सडक बिग्रेर स्थानीयले सास्ती भोग्दा पनि सरोकारवाला पक्षको ध्यान नपुगेपछि बाटो मर्मतसँगै सरसफाइको काम गरेको हौँ, युवाले सञ्चालन गरेको यो अभियान राम्रो छ, यस्ता कुरामा हामीले पनि सहयोग गर्न आवश्यक छ ।”

श्रमदान अभियानमार्फत डाँडा गाउँ क्षेत्रको सडक मर्मत गरिएको हो । केही समयअघि भोजपुरको टक्सारमा एक युवा पाँच बिरुवा अभियानअन्तर्गत वृक्षरोपणको काम गरेको सङ्घले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।