व्यापारी अडुकियाका पुत्र रोहनलाई सीआईबीले जिम्मा लिएन

काठमाडौँ । करिब एक सय किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका रोहन अडुकियालाई केन्द्रीय अनुसन्धान ब्युरोले फिर्ता पठाएको छ । शुक्रबार राजस्व अनुसन्धान विभागबाट सशस्त्र प्रहरीसहितको टिम रोहनलाई जिम्मा लगाउन महाराजगञ्जस्थित ब्युरोमा पुगेका थिए ।

पक्राउ परेका रोहन व्यापारी राकेश अडुकियाका पुत्र हुन् । प्रहरीले साउन १० मा राकेशको घरमा छापा मारेको थियो । यद्यपि राकेशले रातोपाटीसँग कुरा गर्दै आफ्नो घरमा छापा नमारिएको दाबी गरेका थिए ।

रोहनबारे थाहा नभएको भन्दै ब्युरोका अधिकृतहरुले शुक्रबार उनलाई जिम्मा लिएनन् । राजस्व अनुसन्धान विभागको पत्रको आधारमा रोहनको पासपोर्ट नम्बर जेड–६३९६४२१ लाई अध्यागमन कार्यालयले कालो सूचीमा राखेको थियो । दिल्लीबाट नेपाल फर्केका अडुकियालाई कालो सूचीको आधारमा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले प्रहरीको सहयोगमा पक्राउ गरेर राजस्वमा बुझाएको थियो ।

राजस्व अनुसन्धान विभागका कर्मचारीले १ सय किलो सुन सम्बन्धी फाइल सीआईबीमा पठाएको भन्दै अडुकियालाई सीआईबीको जिम्मा लगाउन महाराजगञ्जमा पठाए । तर, ब्युरोले जिम्मा नलिएपछि उनलाई अध्यागमन विभागमै राखिएको छ ।

रोहनलाई अहिले अध्यागमन विभागमा राखिएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका डीआईजी अर्जुन चन्दले रातोपाटीलाई बताए । उनले भने, ‘अहिले रोहनलाई अध्यागमनमा राखिएको छ ।’

इन्डिगो एयरबाट काठमाडौँ आएका रोहनलाई विमानस्थल प्रहरीले पक्राउ नगरेको चन्दले बताए । उनले भने, ‘पासपोर्ट कालो सूचीमा रहेछ, हामीले सुरक्षा मात्र दिएका हौँ ।’-रातोपाटी

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।